Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

आज चुनाव प्रचारको अन्तिम दिन, शीर्ष नेताहरू कहाँ जाँदैछन् ?

आज चुनाव प्रचारको अन्तिम दिन, शीर्ष नेताहरू कहाँ जाँदैछन् ?


  • 2.7K
    Shares

    आज चुनाव प्रचारको अन्तिम दिन, शीर्ष नेताहरू कहाँ जाँदैछन् ?

    आज मध्यरातदेखि निर्वाचनको मौन अवधि शुरू हुँदै छ। त्यसपछि चुनाव प्रचार गर्न नपाइने भएकाले राजनीतिक दल र उम्मेदवारहरू अन्तिम कसरतमा छन्।

    शीर्ष नेताहरू आज पनि चुनावी सभालाई सम्बोधन गर्न व्यस्त हुने भएका छन्। झापामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज झापामा आयोजना हुने दुई सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। झापा–१ को काँकडभिट्टा र ५ को खजुरगाछीमा हुने चुनावी सभालाई ओलीले सम्बोधन गर्नेछन्।

    प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा सुरपश्चिममा छन्। उनले अछाम र कञ्चनपुरका चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगन थापाले काठमाडौंमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्। 

    राति १२ बजेपछि राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ। 

    प्रकाशित मिति :मंसिर १ २०७९ बिहिवार - ११:०८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij