Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन

आज काठमाडौंमा गठबन्धनको अन्तिम सभा, शीर्ष नेतासहित गगन थापाले सम्बोधन गर्ने

आज काठमाडौंमा गठबन्धनको अन्तिम सभा, शीर्ष नेतासहित गगन थापाले सम्बोधन गर्ने


  • 1.8K
    Shares

    आज काठमाडौंमा गठबन्धनको अन्तिम सभा, शीर्ष नेतासहित गगन थापाले सम्बोधन गर्ने

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि अघि सत्ता गठबन्धनले आज बिहीबार काठमाडौंमा अन्तिम चुनावी सभा आयोजना गर्ने भएको छ । आज मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ, मौन अवधिमा चुनावी गतिविधि गर्न पाइँदैन ।

    कांग्रेस, माओवादी र एकीकृत समाजवादी सम्मिलित गठबन्धनले आज दिउँसो २ बजे काठमाडौंको कोटेश्वरमा चुनावीसभा गर्न लागेको हो ।

    गठबन्धनको काठमाडौं क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगन थापा लगायतले सम्बोधन गर्नेछन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा भने गृहजिल्ला डडेल्धुरामा रहेको छन् ।

    काठमाडौं २ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गठबन्धनबाट माओवादी केन्द्रकी ओनसरी घर्ती, एमालेका मणिराम फुँयाल, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तीदेवी पोखरेल मुख्य प्रतिस्पर्धी हुन् । 

    काठमाडौं २ मा ०६४ को संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई पराजित गरेका थिए, भने ०७० दोस्रो संविधानसभा निर्वाचनमा नेपाल काठमाडौं २ र रौतहट १ बाट विजयी भएका थिए । उनले काठमाडौं २ छोड्दा भएको उपनिर्वाचनमा एमालेका कृष्णगोपाल श्रेष्ठलाई पराजित गर्दै कांग्रेसका दीपक कुँइकेल विजयी भएका थिए ।

    ०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेपाल विजयी भएका थिए । एकीकृत समाजवादीका अध्यक्ष रहेका नेपाल यो निर्वाचनमा रौतहटबाट चुनाव लड्दैछन् ।

    प्रकाशित मिति :मंसिर १ २०७९ बिहिवार - ११:०४:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij