Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

संवैधानिक निकायका ३८ पदाधिकारीले लिए शपथ

संवैधानिक निकायका ३८ पदाधिकारीले लिए शपथ


  • 6.9K
    Shares

    संवैधानिक निकायका ३८ पदाधिकारीले लिए शपथ
    images

    काठमाडौं। संवैधानिक निकायमा पदाधिकारीहरुले आज बिहान शपथ ग्रहण गरेका छन् । आज बिहान विभिन्न संवैधानिक निकायमा नियुक्त गरिएका पदाधिकारीले राष्ट्रपनि भवनमा आयोजित एक कार्यक्रममा शपथ ग्रहण गरेका हुन् ।

    आयोगका अध्यक्षहरुलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले शपथ ग्रहण गराएका हुन् । त्यस्तै, संवैधानिक आयोगका सदस्यहरुलाई आयोगका अध्यक्षहरुले शपथ ग्रहण गराएका छन्। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थिति रहेको थियो ।

    सरकारले संवैधानिक आयोगसम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेको थियो। त्यसपछि संवैधानिक परिषदले विभिन्न आयोगमा पदाधिकारी सिफारिश गरेको थियो ।

    उनीहरुको संसदीय सुनुवाइका लागि पुस ५ गते संघीय संसदमा पठाएको थियो । बिहान प्रतिनिधिसभा विघटन गरिएको र साँझ मात्रै संसदीय सुनुवाइका लागि सिफारिश पत्र आएको जनाउँदै सभामुख अग्निप्रसाद खरेलले फिर्ता पठाएका थिए।

    संवैधानिक परिषदले सिफारिश गरेको ४५ दिनभित्र संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ। संसदीय सुनुवाइ नभए स्वतः नियुक्त हुने व्यवस्थाअनुसार उनीहरुलाई शपथ ग्रहण गराइएको हो ।

    प्रकाशित मिति :माघ २१ २०७७ बुधवार - ११:०४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij