Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

एमालेका अध्यक्ष ओलीले कार्यकर्तालाई दिए यस्तो निर्देशन

एमालेका अध्यक्ष ओलीले कार्यकर्तालाई दिए यस्तो निर्देशन


  • 1.5K
    Shares

    एमालेका अध्यक्ष ओलीले कार्यकर्तालाई दिए यस्तो निर्देशन

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस पटकको निर्वाचन मसिनो गरी हेरिरहेको बताएका छन्। बुधबार सुनसरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रसेवकहरु राष्ट्रका सेवक भएको बताउँदै गठबन्धनका सेवक नभएको दाबी गरे।

    उनले भने, ‘मैल यस पटकको निर्वाचन मसिनोसँग हेरेको छु। को देशका लागि काम गर्छ, को कानुन विपरीत गठबन्धनका लागि काम गर्छ। त्यो मैले पनि हेरिराखेको छु,’ उनले भने, ‘म आग्रह गर्न चाहन्छु। राष्ट्रसेवकहरु राष्ट्रसेवक हुन्। गठबन्धनका सेवक होइनन्। राष्ट्रको  सेवक भनेको गर्वको सेवक हो। म जनताको सेवक हुँ। तर कुनै गठबन्धन, सटबन्धन यस्ताको सेवक होइन।’

    उनले एमालेका कार्यकर्ताहरुलाई बाक्साहरु (मतपेटिका)प्रति विशेष नजर लगाउन निर्देशन दिए। उनले भने,‘तपाईंहरु बाक्सा आफ्ना आँखाबाट कोठामा लान्छौं। ताला लगाएर लाहा छाप राखेर राख्छौं। यस्ता कुरामा कुनै भर नपर्नुहोस्। बाक्सा अगाडिबाट एक छिन पनि आँखा झिमिक्क नपार्नुहोस्। एउटा आँखो झिम्क्यो भने पनि अर्को खुला राख्नुहोस्।’

    उनले मतदान गर्दा मतदाताहरुले नै मत खसाल्न पाउनु पर्नेमा जोड दिए। एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसका उम्मेदवार  विजय गच्छदारले सधैं बाक्सा साटेर चुनाव जित्ने गरेको आरोप लगाए। उनले आफूहरुले कुनै कानुन नतोड्ने, आचारसंहिता नतोड्ने दाबी गरे। 

    प्रकाशित मिति :कार्तिक ३० २०७९ बुधवार - १५:५९:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij