२०८२ माघ १७ गते शनिवार
गोरखा क्षेत्र नम्बर १ काे प्रदेश सभा ‘ख’ का उम्मेदवार नन्दप्रसाद न्यौपानेले ३२ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । लाेकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार बनेका न्याैपानेले सामाजिक सञ्जाल मार्फत आफ्नाे ३२ बुदे प्रतिवद्धतापत्र सार्वजानिक गरेका हुन् ।
गोरखाकाे उत्तरी क्षेत्र चुमनुब्री, धार्चेसहित आरुघाट र भिमसेन थापा गाउँपालिका क्षेत्रमा पर्ने यस प्रदेशकाे विकासका लागि आफ्नाे कार्यकालमा गर्न सक्ने मात्रै कामलाई निर्वाचनका क्रममा प्रतिवद्धताका रुपमा ल्याएकाे उम्मेदवार न्याैपाले बताए ।
जसमा चुमनुब्री गाउँपालिकाको छेकम्पार र सामागाउँको रुईला र ङुईला नाका खुल्ला गर्न नेपाल सरकारको तर्फबाट चीन सरकारसँग पहल गर्ने, बेनिघाट–आरुघाट–लार्के सडक निर्माण लगायतका विषयलाई उनले प्राथमिकतामा राखेका छन् ।
त्यस्तै उनले चुमनुब्री, धार्चेलगायत पालिकामा आवासीय विद्यालय संख्या थप र ब्यवस्थित गर्ने, दुर्गमका स्वास्थ्य संस्थामा सेवा बिस्तार गर्दै प्रविधि र दक्ष चिकित्सक सहितको अस्पताल बनाउने, गुणस्तरीय शिक्षाका लागि विद्यालयहरुलाई आईटी, पुस्तकालयलगायत भौतिक पूर्वाधारमा सबल बनाउने योजना उनले लिएका छन् ।
हेलिकप्टरबाट उद्धार तथा उपचार गर्नुपर्ने सुत्केरी, गर्भवती, गम्भीर घाईते तथा बिरामीलाई तत्काल सेवा दिने प्रक्रिया अपनाउने उनले बताए ।
पालिका जोड्ने मुख्य सडक स्तरोन्नतिसँगै कालोपत्रे गर्न पहल गर्ने, स्तुलखोला, ज्यादुलखोला, चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिम जोड्ने र बूढीगण्डकी आसपास रहेको बस्ती क्षेत्रमा सम्भाब्यता अध्ययन गरी पक्की पुल निर्माण गर्ने, खेल क्षेत्रको विकासमा ध्यान दिँदै युवा खेलाडीहरुको क्षमता अभिवृद्धिको लागि स्थानीय स्तरमै अवसर सिर्जना गर्ने गोरखा क्षेत्र नम्बर १ प्रदेश सभा ख का उम्मेदवार न्यौपानेको प्रतिवद्धता पत्रमा उल्लेख छ ।
स्थानीय सरकारसँग सहकार्य गरी बिकास निर्माणका काम अघि बढाउने, सांसद सम्पर्क कार्यालय स्थापना गरी जनताका समस्या, गुनासालाई नजिकबाट सम्बोधन गर्न प्रयास गर्ने योजना रहेको उनले बताए ।
जलवायू परिर्वतनको असरलाई न्यूनिकरण गर्न नीति बनाएर काम गर्ने, सुचना र संचार क्षेत्रको विकाससँगै दुर्गम र ग्रामीण भेगमा सहज संचार गर्न गराउन, इन्टरनेट र सुचनाको सहज उपलब्धतामा पहल गर्ने न्यौपानेले आस्वासन दिएका छन् ।
बूढीगण्डकी अयोजनाबाट मुआब्जा पाउन छुटेकालाई मुआब्जा रकम प्राप्तिका लागि पहल गर्ने र बिस्थापित परिवारलाई वडाभित्र नै पुनर्बासको ब्यवस्था गर्ने उनले बताए ।
हेर्नुस के के छन् ३२ बुदे प्रतिवद्धता पत्रमा
१) उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकाका आम नागरिकको मागअनुसार त्यस भुगोललाई समेटेर छुट्टै जिल्ला वा विषेश अधिकार सहितको स्वायत्त क्षेत्र बनाउन पहल गरिनेछ ।
२) दुर्गमका बालबालिकालाई सहज शिक्षाको पहुँचभित्र ल्याउन चुमनुब्री, धार्चेलगायत पालिकामा आवासीय विद्यालय संख्या थप र ब्यवस्थित गरिनेछ । साथै माध्यमिक तहको शिक्षक दरबन्दी नभएका विद्यालयहरुमा मावि दरबन्दीको व्यवस्थाका लागि पहल गरिनेछ ।
३) दुर्गम भेगका जनतालाई स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउने गरी त्यहाँ भएका स्वास्थ्य संस्थामा सेवा बिस्तार गर्दै प्रविधि र दक्ष चिकित्सक सहितको अस्पताल बनाउन पहल गरिनेछ । आरुघाट र भिमसेनथापा गाउँपालिमा अहिले भएका स्वास्थ्य संस्थामा सेवा बिस्तार गरिनेछ ।
४) बेनिघाट–आरुघाट–लार्के सडक निर्माण सम्पन्न गरी नियमित संचालन गरिनेछ ।
४) दरबन्दी अपुग भएका यस क्षेत्रका विद्यालयहरुमा थप दरबन्दीको ब्यवस्था गर्दै गुणस्तरीय शिक्षाका लागि विद्यालयहरुलाई आईटी, पुस्तकालयलगायत भौतिक पूर्वाधारमा सबल बनाईनेछ ।
५) हेलिकप्टरबाट उद्धार तथा उपचार गर्नुपर्ने सुत्केरी, गर्भवती, गम्भीर घाईते तथा बिरामीलाई तत्काल सेवा दिन संघीय सरकारसँग समन्वय गरी अहिलेको झन्झटिलो अवस्थालाई अन्त्य गरी सेवालाई सहज बनाईनेछ ।
६) स्थानीयको जनजिविका र दैनिकीलाई सहज बनाउन चुमनुब्री गाउँपालिकाको छेकम्पार र सामागाउँको रुईला र ङुईला नाका खुल्ला गर्न नेपाल सरकारको तर्फबाट चीन सरकारसँग पहल गर्न निरन्तर ध्यानाकर्षण गराउनेछु ।
७) पालिका जोड्ने मुख्य सडक स्तरोन्नतिसँगै कालोपत्रे गर्न पहल गरिनेछ । कृषि सडक, रणनीतिक महत्वका सडकहरुलाई निरन्तर गाडी चल्ने बनाउँदै हरेक वडालाई सडक सञ्जालले जोडिनेछ ।
८) स्तुलखोला, ज्यादुलखोला, चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिम जोड्ने र बूढीगण्डकी आसपास रहेको बस्ती क्षेत्रमा सम्भाब्यता अध्ययन गरी स्थानीयको माग र आवश्यकताको आधारमा पक्की पुल निर्माण गरिनेछ ।
९) बिभिन्न पालिका, वडा र बस्तीहरुमा महिला तथा आमा समुहहरुको माग र आवश्यकताका आधारमा सामुदायिक गतिविधि संचालन गर्ने गरी महिला तथा सामुदायिक भबन निर्माण गरिनेछ । साथै गाउँका संस्कार, पर्वहरुमा उपयोग गर्ने गरी समूहहरुलाई स्रोत साधन सम्पन्न बनाउन पहल गरिनेछ ।
१०) खेल क्षेत्रको विकासमा ध्यान दिँदै युवा खेलाडीहरुको क्षमता अभिवृद्धिको लागि स्थानीय स्तरमै अवसर सिर्जना गरिनेछ।
११) लेकका खर्कहरुलाई संरक्षण र ब्यवस्थित गर्दै स्थानीयको जनजिविकालाई सहज बनाईनेछ ।
१२) स्थानीय सरकारसँग सहकार्य गरी बिकास निर्माणका काम अघि बढाईनेछ ।
१३) सांसद सम्पर्क कार्यालय स्थापना गरी जनताका समस्या, गुनासालाई नजिकबाट सम्बोधन गरिनेछ ।
१४) मनास्लु पदमार्गलाई ब्यवस्थित गर्दै उत्तरी गोरखामा पर्यटकको बसाई लम्ब्याउन बैकल्पिक पदमार्गको बिकास गरिनेछ । साथै पर्यटन पूर्वाधार निर्माण र स्थानीयलाई रोजगारीको प्राथमिकता दिईनेछ । साथै सडक बनेपछि मासिने पदमार्गलाई वैकल्पिक पदमार्ग निर्माण गरी पर्यटन व्यवसायलाई दीगो बनाउन पहल गरिनेछ ।
१५) उत्तरी गोरखा जाने पैदल बाटोलाई सुरक्षित र नियमित रुपमा सुचारु गराउन र पहिरो, भूक्षयको दीगो समाधान गर्न प्राविधिक अध्ययन गरी कार्य अघि बढाइनेछ । बस्ती, चरन क्षेत्र लगायतको संरक्षणमा ध्यान दिईनेछ ।
१६) यस क्षेत्रका सबै घरधुरीमा उज्यालो पु¥याउन केन्द्रिय प्रशारण लाईन बिस्तार गरिनेछ साथै लघुजलविद्यूत आयोजना र बैकल्पिक उर्जा मार्फत ‘जनताको रहर, उज्यालो घर’ भन्ने अभियान संचालन गरिनेछ ।
१७) सेवा प्रवाहमा अड्चन देखिएका कानुन, नीतिगत रुपमा सुधार गर्दै नागरिकको कामलाई सहज बनाईनेछ । यसअघिको प्रदेश सरकारले निर्माण गर्न बाँकी रहेका नियम कानुन निर्माण छिटो गर्न दबाव सिर्जनासँगै सक्रिय हुनेछु ।
१८) पशुपालन र कृषि व्यवसायलाई प्रोत्साहन गर्दै बजारिकरणका लागि सहयोग गरिनेछ । युवा तथा महिलालाई स्वरोजगारउन्मुख हुन प्रेरित गर्दै अधुनिक खेती प्रणालीमा किसानलाई प्रत्यक्ष लाभ पुग्ने खालका कार्यक्रम संचालन गरिनेछ ।
१९) जलवायू परिर्वतनको असरलाई न्यूनिकरण गर्न नीति बनाएर सरोकारवालासँग सहकार्य गर्दै कार्यक्रम संचालन गरिनेछ।
२०) आदिबासी जनजाती तथा अल्पसंख्यक समुदायको बिकासको लागि (आदिबासी जनजाती अनुसन्धान तथा विकास परिषद, गण्डकी प्रदेश) स्थापना गर्न पहल गरिनेछ ।
२१)सुचना र संचार क्षेत्रको विकाससँगै दुर्गम र ग्रामीण भेगमा सहज संचार गर्न गराउन, इन्टरनेट र सुचनाको सहज उपलब्धतामा पहल गरिनेछ ।
२२) जिल्लाका विभिन्न गाउँबस्तीमा बसोबास गर्ने बराम, माझी, दरै, चुम्बा, नुब्रीलगायत सीमान्तकृत, अल्पसंख्यक जनजाति, दलित समुदाय, महिला बालवालिका सबै र बिपन्न बर्गको आर्थिक, सामाजिक, शैक्षिक उन्नयनका प्राथमिकतासहित कार्यक्रम संचालन गरिनेछ ।
२३) घरघरमा शुद्ध पिउने पानी सहज रुपमा उपलब्ध र सिंचाईका लागि प्रदेश सरकारबाट प्राथमिकताका साथ योजना संचालन गरिनेछ ।
२४) स्थानीय स्तरमा खेलमैदान निर्माण गरी खेल क्षेत्रको बिकास सँगै युवाहरुलाई अबसर सिर्जना गरिनेछ ।
२५) बूढीगण्डकी अयोजनाबाट मुआब्जा पाउन छुटेकालाई मुआब्जा रकम प्राप्तिका लागि पहल गरिनेछ र बिस्थापित परिवारलाई वडाभित्र नै पुनर्बासको ब्यवस्था गर्न प्रयास गरिनेछ ।
२६) अब्यवस्थित बसोबासी र सुकुम्बासीहरुको समस्या समाधानका लागि दिगो ब्यवस्थापन गरिनेछ ।
२७) बूढीगण्डकी आयोजना निर्माण र निर्माणपश्चात सिर्जना हुने अवसरहरुमा प्राथमिकताका साथ स्थानीयहरुलाई अबसर दिलाउन पहल गरिनेछ ।
२८) धार्चे र चुमनुब्रीमा जडिवुटीको प्रचुर सम्भावनालाई अध्ययन गरी जडिवुटी प्रशोधन केन्द्र स्थापनामा पहल गरिनेछ ।
२९) चुमभ्यालीको स्याक्यालगायतका मौलिक परम्परालाई राष्ट्रिय पहिचान दिई, त्यहाँको पर्यापर्यटन, धार्मिक, ऐतिहासिकतालाई संरक्षण गर्ने गरी गुरुयोजना तयार गरी कार्य अघि बढाईनेछ ।
३०) मान्बुको श्यामचेत, रुन्चेत, केरौँजा जस्ता जोखिममा रहेका बस्तीहरुको अध्ययन गरी त्यस्ता बस्तीमा रहेका घरपरिवारको समस्या समाधानका लागि विज्ञहरुको परामर्श अनुसार काम अघि बढाईनेछ ।
३१) कृषियोग्य जमीनको सिंचाई, मल, बिउ बिजनको सहज उपलब्धता, यान्त्रिक औजारको प्रयोग, कृषि, पशुपालनमा युवाहरुलाई देशभित्रै रोजगारी सिर्जना गर्ने तथा उत्पादित कृषि उपजको बजारिकरणमा सहयोग गरिनेछ ।
३२) विभिन्न समुदायको कला, भाषा, संस्कृति संरक्षण र विकासका लागि विज्ञहरुको सुझावअनुसार काम गरिनेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij