Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

राष्ट्र बैंकले पेन्सनको ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

राष्ट्र बैंकले पेन्सनको ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने


  • 1.9K
    Shares

    • images
    राष्ट्र बैंकले पेन्सनको ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने
    images

    नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सनको ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

    यसका लागि बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र दिन चाहेको ब्याजदर उल्लेख गरी मंसिर १ गतेभित्र प्रस्ताव गर्न सूचना जारी गरेको छ ।

    केन्द्रीय बैंकले वाणिज्य बैंकमा ३२ करोड रुपैयाँ, राष्ट्रियस्तरको विकास बैंकमा ६ करोड रुपैयाँ र राष्ट्रियस्तरको फाइनान्स कम्पनीमा २ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

    यो मुद्दती निक्षेपको अवधि ३६७ दिनको हुनेछ । ५ प्रतिशतभन्दा कम निष्क्रिय कर्जा भएको, न्यूनतम पुँजीकोष कायम भएको, अघिल्लो आर्थिक वर्षमा नाफा कमाएको र रियलस्टेट क्षेत्रमा तोकिएभन्दा बढी कर्जा लगानी नगरेका लगायत शर्त पुरा भएका बैंक तथा वित्तीय संस्थाले यस्तो रकम पाउने केन्द्रीय बैंकले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक २९ २०७९ मंगलवार - १५:५०:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij