Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

अर्घाखाँचीमा पुष्पा भुसाल र टाेपबहादुरबीच तीव्र प्रतिस्पर्धा, कसले मार्ला बाजी?

अर्घाखाँचीमा पुष्पा भुसाल र टाेपबहादुरबीच तीव्र प्रतिस्पर्धा, कसले मार्ला बाजी?


  • 2.4K
    Shares

    अर्घाखाँचीमा पुष्पा भुसाल र टाेपबहादुरबीच तीव्र प्रतिस्पर्धा, कसले मार्ला बाजी?

    अर्घाखाँची- मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अर्घाखाँचीमा राजनीतिक दल र उम्मेदवार प्रचारप्रसारको अन्तिम चरणमा रहेका छन्।

    यहाँ सत्ता गठबन्धन र प्रतिपक्षी नेकपा एमालेका उच्चस्तरका नेताबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

    अर्घाखाँचीमा वाम-लोकतान्त्रिक पक्षबाट नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वउपसभामुख पुष्पा भुसाल र नेकपा एमालेबाट पार्टी सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

    निर्वाचनका लागि ११ जना संघमा उम्मेदवार भए पनि मुख्य प्रतिस्प्रर्धा भने कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वउपसभामुख पुष्पा भुसाल र नेकपा एमालेका केन्द्रीय सचिव पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीबीच हुने भएको छ।

    संयोग भन्नुपर्छ- दुवैजना उम्मेदवार सन्धिखर्क-९ अर्घाका हुन्।

    विसं २०७४ को निर्वाचनमा तत्कालीन नेकपा एमाले, नेकपा माओवादी र राष्ट्रिय जनमोर्चा लगायतका गठबन्धन दलका तर्फबाट निर्वाचित रायमाझी अहिले एमालेको एकल उम्मेदवारको रूपमा उम्मेदवार रहेका छन्। आर्थिक समृद्धि र मुलुकको विकासका लागि आफ्नो जीत हुने नेता रायमाझीको भनाइ छ।

    विसं २०६४ देखि निरन्तर निर्वाचित भएका रायमाझी २०७४ को वामगठबन्धनमा माओवादीबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए। तर, अहिलेको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी लगायतका दलको समर्थनबाट लोकतान्त्रिक वामगठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता पुष्पा भुसाल उम्मेदवार बनेकी छन्।

    जिल्लाको विकासका लागि आफ्नो जीत हुने नेता पुष्पा भुसालको भनाइ छ। उनले जिल्लामा विकासको नाममा आएको बजेटको परिक्षण अर्घाखाँचीबासीले गर्नुपर्ने बताइन्।

    सङ्घीयतापछिको २०७४ को चुनावमा भुषाल समानुपातिक सूचीबाट संसद बनेर उपसभामुख बनेकी हुन्।

    प्रतिनिधिसभाको लागि राप्रपाबाट होमनारायण बेल्बासे, राष्ट्रिय स्वतन्त्र पाटीबाट हरिप्रसाद भुसाल, जसपा नेपालबाट नेत्रबहादुर थापा, हाम्रो नेपाली पार्टीबाट दुर्गा बन्जाडे, नेपाल मजदूर किसान पार्टीबाट सुतेज दुलाल, राप्रपा नेपालबाट खलिल मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीका मधुबहादुर सारुलगायत ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

    मुख्य प्रतिस्पर्धी मानिएका भुसाल र रायमाझीको चुनाव लक्षित कार्यक्रमले तीव्रता पाउँदै जाँदा कसले बाजी मार्ने भन्ने रोचकता बढ्दै गएको छ।

    लगातार तीन पटक निर्वाचन आफ्नो पक्षमा पारिसकेका रायमाझी चौथो जित निकाल्दै अपराजित यात्रा कायम राख्ने कसरतमा छन्।

    भुसाललाई भने गठबन्धनको साख जोगाउँदै रायमाझीको अपराजित यात्रालाई पूर्णविराम लगाउने दवाव छ। गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा गठबन्धन करिब पाँच हजार पाँच सय मतले अगाडि देखिन्छ।

    प्रकाशित मिति :कार्तिक २९ २०७९ मंगलवार - १५:३०:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij