Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

बालेनले जर्मनका राजदूतलाई सुनाए फोहोर व्यवस्थापनको यस्तो योजना

बालेनले जर्मनका राजदूतलाई सुनाए फोहोर व्यवस्थापनको यस्तो योजना


  • 2.3K
    Shares

    बालेनले जर्मनका राजदूतलाई  सुनाए  फोहोर व्यवस्थापनको यस्तो योजना

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग आज नेपालका लागि जर्मनका राजदूत डा. थोमास प्रिन्सले भेट गरेका छन् । भेटका लागि डा. प्रिन्स मेयर बालेनको कार्यकक्षमा पुगेका हुन् ।

    मेयर बालेनले फोहोरको दिगो व्यवस्थापनका लागि सरल, सहज र छिटो परिणाम प्राप्त हुने प्रविधिलाई प्राथमिकता दिने बताए । राजदूत प्रिन्सले फोहोर व्यवस्थापनमा जर्मन सरकारले गरेको सहयोगको प्रसङ्ग बताउँदै अहिलेको अवस्थाबारे जानकारी लिन चाहेपछि मेयर बालेनले आफ्नो योजना सुनाएका थिए ।

    “फोहोर व्यवस्थापनका लागि धेरै प्रविधि छन् । हामीसँग प्रस्ताव पनि धेरै छन् । तीमध्ये वर्गीकृत फोहोरलाई प्रकृतिअनुसार व्यवस्थापन गर्न सकिने दिगो प्रविधि हाम्रो प्राथमिकतामा छ,” मेयर बालेनले भने ।

    महानगरका प्राथमिक कार्यक्रमका बारेमा बताउँदै मेयरले मूर्तअमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, संवर्धन र पुनस्र्थापना, खुला तथा सार्वजनिक स्थलको संरक्षण, पार्क निर्माण शैक्षिक गुणस्तरको वृद्धि तथा स्वास्थ्य सेवाको पहुँच वृद्धिलगायत क्षेत्रमा काम भइरहेको बताए ।

    फोहोरको बर्गीकरण र व्यवस्थापनका लागि जर्मन सरकारले जीटीजेड कार्यक्रममार्फत काठमाडौं महानगरलाई सहयोग गरेको थियो । राजदूत प्रिन्सले परम्परागत संगीत शिक्षण तथा प्रवर्धनका लागि सहयोगको गर्ने बताए ।

    प्रकाशित मिति :कार्तिक २९ २०७९ मंगलवार - १३:२८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij