२०८२ माघ १७ गते शनिवार
देशका विभिन्न भागमा निर्धारित सबै कार्यक्रमहरू रद्द गरेर प्रधानमन्त्री शेरवहादुर देउवा फेरि गृह प्रदेश जाने भएका छन्। कांग्रेसका सभापतिसमेत रहेका देउवा बुधबार गृह प्रदेश सुदूरपश्चिम जाने भएका हुन्।
देउवा सुदूरपश्चिमका विभिन्न जिल्लामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। देउवाको सचिवालयका अनुसार उनी मंसिर ४ गते भोट हालेर काठमाडौं फर्किने कार्यक्रम छ।
सचिवालयका अनुसार देउवा मंगलबार विहान साढे ९ बजे काठमाडौंबाट नवलपरासी हिडेका छन् । उनले आजै पूर्वी रुकुम र दैलेखमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। देउवा आज राति धनगढी बस्ने कार्यक्रम छ।
बुधबार देउवा गृह जिल्ला डडेल्धुरा जाने र त्यहाँ भागेश्वरको बोगटा, अजयमेरूको देवलदिप्यपुर र चमडा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। त्यसैदिन उनले बैतडीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। उनी त्यो दिन बेलेकी धनगढी बस्ने छन्।
देउवाले बिहीबार अछाम र कञ्चनपुरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने र राति धनगढी बस्ने छन्। मौन अविधभर उनी डडेल्धुरामा बस्ने र मत हालेर काठमाडौं फर्किने कार्यक्रम तय भएको छ।
देउवाको निर्वाचन क्षेत्रमा स्वतन्त्रबाट प्रतिस्पर्धा गरिरहेका युवा उम्मेद्वार सागर ढकाल चुनाव लडिरहेका छन्। सोही निर्वाचन क्षेत्रबाट देउवाकै पूर्व सहयोगी कर्ण मल्ल नेकपा एमालेको समेत सहयोगमा नेपाली कांग्रेस विपी नामको पार्टीबाट चुनावी प्रतिस्पर्धामा छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij