Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

डोल्पामा नेकपा एसमा पहिरो: पुर्व नगरप्रमुख सहितका नेताहरु एमालेमा प्रवेश

डोल्पामा नेकपा एसमा पहिरो: पुर्व नगरप्रमुख सहितका नेताहरु एमालेमा प्रवेश


  • 1.6K
    Shares

    डोल्पामा नेकपा एसमा पहिरो: पुर्व नगरप्रमुख सहितका नेताहरु एमालेमा प्रवेश

    डोल्पाको ठुलीभेरी नगरपालिका तत्कालीन नगर प्रमुख गणेश बहादुर शाही सहित नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन । आज एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकाेटमा एक कार्यक्रम गरि उनिहरु प्रवेश गरेकाे नेकपा एमाले डाेल्पाले जनाएको छ ।

    २०७४ सालकाे स्थानीय निर्वाचनमा नेकपा एमाले बाट नगरप्रमुखमा निर्वाचित शाही एमाले बिभाजन पछि एकीकृत समाजवादी पार्टीमा लागेका थिए ।

    ठुलीभेरी नगरपालिका नगर केन्द्र सदरमुकाम दुनै बाट रातारात जुफाल सारेकाे समेत आराेप खेपेर बिबादित बनेका तत्कालीन नगरप्रमुख शाही पुरानै घर एमालेमा फर्केको उनी निकट स्राेतले बताएको छ । शाही नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश सदस्य पनि थिए ।

    यस्तै नेकपा एस काे किशान महासंघ काेषाध्यक्ष जीवन बहादुर शाही,नेकपा एस का बिधार्थी नेता अंगद शाही लगाएतका नेता कार्यक्रता एमाले प्रवेश गरेका छन् ।

    प्रकाशित मिति :कार्तिक २९ २०७९ मंगलवार - १२:१५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij