२०८२ माघ १७ गते शनिवार
राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीले निर्वाचन लड्न पाउने भएकी छिन्। उनको उम्मेदवारी खारेजीको मागबारे भएको बहसपछि आज सर्वोच्च अदालतमा तोसिमाको पक्षमा फैसला सुनाएको हो।
कार्कीको उम्मेदवारी खारेजीको माग गरेर निर्वाचन आयोगले सर्वोच्च अदालतमा निवेदन (भ्याकेट) दर्ता गरेको थियो। आज इश्वर प्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सुनुवाइ पछि तोसिमाको उम्मेदवारी कायम राख्न फैसला सुनाइएको हो।
निर्वाचन आयोगले ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार रहेकी कार्की लाभको पदमा रहेको भन्दै उम्मेदवारी खारेज गरेको थियो। त्यसको विरुद्ध कार्की सर्वोच्च पुगेकी थिइन्। कात्तिक १५ गते न्यायाधीश कुमार चुडालको इजलासले कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएको थियो। त्यसैको विरुद्ध आयोगले सर्वोच्चमा निवेदन दिएको थियो।
कार्कीको हकमा यसअघि सर्वोच्चले गरेको व्याख्या विपरीत उम्मेदवारी कायमको आदेश भएको आयोगको जिकिर थियो। तर, आज सर्वोच्चले तोसिमाको उम्मेदवारी खारेज गर्न मानेन।
कार्कीले आफू बहाल रहँदै आएको पद लाभको पद हो कि होइन भनेर उम्मेदवारी दिनुअघि नै निर्वाचन आयोगमा निवेदन दिएकी थिइन्। तर, सो पत्रको आयोगले कुनै जवाफ फर्काएको थिएन। चुडालको इजलासले कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य पदमा रहँदा नियमित पारिश्रमिक वा नियमित आर्थिक लाभ लिएको नदेखिएको र लाभको वदमा बहाल रहेको भन्न कार्कीले उक्त काउन्सिलको सदस्य पद नियमित पारिश्रमिक पाउने पद भएको पा नियमित जिम्मेवारीको पद भन्ने नदेखिने ठहर गरेको थियो। अदालतले कुनै काउन्सिल वा संगठित संस्थाको बैठकमा भाग लिँदा पाउने बैठक भत्ता वा भ्रमण भत्ता वा सवारी खर्चजस्ता आर्थिक लाभ नियमित प्रकृतिका नहुने समेत इजलासले भनेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij