Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

दाहाललाई पक्राउ गर्न माग गरिएको रिट न्यायाधीश कार्कीको इजलाशमा

दाहाललाई पक्राउ गर्न माग गरिएको रिट न्यायाधीश कार्कीको इजलाशमा


  • 1.7K
    Shares

    दाहाललाई पक्राउ गर्न माग गरिएको रिट न्यायाधीश कार्कीको इजलाशमा

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई पक्राउ गर्न माग गरिएको रिट सर्वोच्च अदालतका न्यायधीश हरिकृष्ण कार्कीको इजलाशमा परेको छ।

    कल्याण बुढाथोकी र ज्ञानेन्द्रराज आरणले दर्ता गरेको दाहाल विरुद्धको रिट कार्कीको एकल इजलाशमा तेस्रो नम्बरमा छ। दाहाललाई पक्राउ गर्न माग गरिएको रिट कात्तिक २४ गते सर्वोच्चले दरपीठ गरेको थियो। दरपीठ बदरको माग गर्दै बुढाथोकी र आरणले छुट्टाछुट्टै रिट दर्ता गरेका हुन्।

    माओवादी अध्यक्ष दाहालले २०७६ माघ १ गते काठमाडौंमा आयोजित कार्यक्रममा आफ्नो नेतृत्वमा भएको सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मेवारी आफूले लिने बताएका थिए।

    हत्याको जिम्मा लिएको व्यक्ति पनि खुल्लम–खुला हिंड्नु संविधान र प्रचलित कानून विपरीत रहेको भन्दै द्वन्द्व पीडितहरूले दाहाललाई पक्राउ गर्न माग गरेर सर्वोच्चमा निवेदन दिएका थिए।

    प्रकाशित मिति :कार्तिक २८ २०७९ सोमवार - १२:५६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij