Logo

२०८२ माघ १७ गते शनिवार

२०८२ माघ १७ गते शनिवार

कांग्रेसद्वारा थप ५ जनालाई पार्टीबाट निष्काशित

कांग्रेसद्वारा थप ५ जनालाई पार्टीबाट निष्काशित


  • 2.2K
    Shares

    कांग्रेसद्वारा थप ५ जनालाई पार्टीबाट निष्काशित

    नेपाली कांग्रेसले पार्टीविरोधी गतिविधिमा संलग्न थप ५ जनालाई निष्काशनको घोषणा गरेको छ ।

    आनन्दप्रसाद ढुंगाना संयोजक रहेको अनुशासन समितिले महासमिति सदस्य मंगलबहादुर शाही, महाधिवेशन प्रतिनिधिद्वय धर्मेन्द्रप्रसाद यादव  र रविन्द्रप्रसाद यादव तथा क्रियाशील सदस्य  वीरेन्द्रप्रसाद यादवलाई निष्काशन गरेको हो । यस्तै बारा जिल्ला समिति सदस्य  रामएकवाल प्रसाद यादवलाई पनि निष्काशन गरिएको संयोजक ढुंगानाले जानकारी दिए । 

    आगामी मंसिर ४ गते हुने निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवार विरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएकालाई कांग्रेसले ५ वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्दै आएको छ । 

    प्रकाशित मिति :कार्तिक २८ २०७९ सोमवार - १२:५३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij