२०८२ माघ १७ गते शनिवार
प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी प्रचारप्रसारमा देश दौडाहामा छन् । पार्टी विभाजन पछि क्षति कम गर्न दसौं महाधिवेशन लगत्तैबाट एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेश गराउने बहानामा देश दौडाहामा लागेका थिए।
पूर्वप्रधानमन्त्री ओलीले आज चितवन र सिन्धुलीको दुधौलीमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ। चितवनको कार्यक्रमलाई सम्बोधन गरेर सिन्धुली जाने एमाले सचिवालयले जनाएको छ।
ओलीले आइतबार कर्णालीका कालीकोट, दैलेख र सुर्खेतमा त्यसैगरी, शनिबार सुदूरपश्चिमका डोटी र कैलालीका तीनवटा चुनावी सभालाई सम्बोधन गरेका थिए। एमालेमाथि चौतर्फी प्रहार भएको भन्दै उनी जिल्लाका चुनावी सभामा पुगेका हुन्। ओलीले देशको राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता र स्वाभिमानको रक्षा गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न नेकपा (एमाले) लाई मतदात गरी विजयी बनाउन आग्रह गर्दै आएका छन्।
एमालेविरुद्ध सत्तारुढ दलले गठबन्धन गरेका छन्। प्रतिपक्षमा रहेको एमालेले केहि स्थानमा जसपा र राप्रपासँग तालमेल गरेको छ। निर्वाचन आउन अब ६ दिन मात्र बाँकी रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij