२०८२ माघ ८ गते बिहिवार
लागुऔषधविरुद्धको अभियानमा निर्माण भएको फिल्म ‘सरी मम’ को प्रदर्शन मिति तय भएको छ। शनिबार काठमाडौंमा आयोजित कार्यक्रमबिच अभिनेता राजेश हमालको उपस्थितिमा फिल्मको पहिलो शीर्ष गीत सार्वजनिकसँगै प्रदर्शन मिति घोषणा गरिएको हो। एनएफआई क्रियशनको ब्यानरमा बनेको यो फिल्म आगामी मंसिर १५ मा रिलिज हुनेछ।
फिल्मलाई एक हप्ता मात्रै हलमा प्रदर्शन गर्ने र त्यो पनि बाग्मती प्रदेशमा मात्रै रिलिज गर्ने निर्माता विनोद लामाले बताए। हलमा सार्वजनिक प्रदर्शनपश्चात फिल्मलाई देशव्यापी रूपमा लक्षित वर्गसम्म पुर्याउने अभियान सुरू गर्ने उनको भनाई छ।
नविन बोगटी निर्देशित फिल्ममा सरोज खनाल र सरिता लामिछानेसँगै एलिस राई, प्रभात पल, प्रविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाइँ, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारीको अभिनय छ। आयुष बुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij