२०८२ माघ १७ गते शनिवार
नेपाली काँग्रेसका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठको एक अडियो क्लिप सार्वजनिक भएको छ । गोरखा १ मा नेपाली काँग्रेसबाट उम्मेदवार बन्न चाहे पनि अन्तिममा टिकट नपाएका श्रेष्ठको उक्त अडिओमा टिकट नपाउनुको कारणदेखि गठबन्धनका शीर्ष नेताको आलोचना गरेका छन् । कांग्रेस संसदीय बोर्डको बैठकले गोरखा १ को टिकट आफूलाई दिए पनि अन्तिममा पार्टी सभापति शेरबहादुर देउवाले चलखेल गरेको श्रेष्ठले बताएका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा गोरखा १ मा काँग्रेसका युवा नेता राजेन्द्र बजगाईँ उम्मेदवार बनेका छन् । सभापति देउवाले आफूलाई धोका दिएको भन्दै श्रेष्ठको असन्तुष्टि छ । ‘कुनै पनि कमी कमजोरी छैन, अन्तिममा पैसाको चलखेलले भ्याट्टै पारिदिए । यति अत्याचार छ, के गर्ने ? राजनीतिमा विकृति भित्रियो,’ अडिओमा उनले भनेका छन् ।
गोरखामा गठबन्धनका २ प्रतिनिधिसभा उम्मेदवार र ४ जना प्रदेशसभा उम्मेदवार बाहुन भएको र जातीय सम्प्रदायका कारण आफ्नो टिकट खोसिएको पनि उनले बताएका छन् । ‘६ जना नै बाहुन छन्, बल्लबल्ल गरेर अनेक गरेर टिकेको हामीलाई स्वाट्टै पारिदियो । भित्र चाहिँ साम्प्रदायिक छ, विकृति विसंगति छ,’ उनले अडिओमा भनेका छन् ।
उनको अडियो क्लिप यस्तो छ :
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij