२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले पछिल्लो समयमा न्यायाधीशमा त्रासको वातावरण सिर्जना भएको बताएका छन् ।
‘अहिले अदालतमा कुनै मुद्दा आउँदा त्यसको पक्षरविपक्षमा जुलुस र प्रदर्शन हुन्छ, ‘उनले भने, ‘न्यायाधीशले मिसिल हेर्ने कि, कानून हेर्ने कि जुलुस हेर्ने ? कसरी न्याय दिने ?’
न्यायापालिकामा विकृति र अनियमितता तथा विचौलियाबाट हुनसक्ने क्रियाकलाप र त्यसको रोकथामका लागि चाल्नुपर्ने प्रभावकारी उपायहरुको सम्बन्धमा विस्तृत अध्ययन गरी प्रतिवेदन पेस गर्न गठित समितिका संयोजकसमेत रहेका न्यायाधीश कार्कीले कतै आफ्नो बारेमा गलत समाचार आउने हो कि भन्ने डर न्यायाधीशलाई लाग्न थालेको महसुस भएको बताए । ओली पहिलो पटक प्रधानमन्त्री हुँदा कार्की महान्यायाधिबक्ता थिए।
प्रतिनिधिसभा विघटनविरुद्धका रिटहरुमाथि सुनुवाइको क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार रहेको भन्दै न्यायाधीश कार्कीबारे संवैधानिक इजलासमा सहभागितामाथि प्रश्न उठाएका थिए । त्यसपछि कार्कीले इजलासमा नबस्ने घोषणा गरेका थिए ।
न्यायालयलाई प्रभावित गर्नेतर्फ नभई सचेतना दिने काम गर्न र न्याय दिलाउन आवश्यक सल्लाह दिन कार्कीको आग्रह छ ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाबारे भने सर्वोच्चमा विचाराधीन रहेकोले आफूले बोल्न नमिल्ने उनले बताए । न्यायाधीश कार्कीले भने, ‘अदालत संविधानको व्याख्याता मात्र हो । हाम्रो संविधानमा सबै क्लियर छ । क्लियर नभएको हकमा अन्यत्रको अभ्यासलाई आधार बनाएर फैसला हुनसक्छ । यसको मतलब संविधानमा लेखिएका बाहेक शब्द थप्नेरहटाउने काम अदालतले गर्दैन टेक्ने काम मात्र गर्छ ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij