Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

नागार्जुन साहित्यिक प्रतिष्ठानको नियमित रचना वाचन तथा मन्थन

नागार्जुन साहित्यिक प्रतिष्ठानको नियमित रचना वाचन तथा मन्थन


  • 3.2K
    Shares

    images

    नेपालको लोकतान्त्रिक साहित्यिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको नागार्जुन साहित्यिक प्रतिष्ठानको नियमित रचना वाचन तथा मन्थन शृङ्खला 'सुप्रभात काव्य गोष्ठी'को अर्को शृङ्खला यही कार्तिक १९ गते शनिवार अद्वैतमार्ग,बागबजार,काठमाडौँमा सुसम्पन्न भएको छ । सिर्जना वाचन कार्यक्रममा सुशीला शर्माले 'हत्या', सुजिता अविरलको 'किनकिन', लक्ष्मणदेव पाण्डेको 'महामारी', सुशीला प्रथानाङ्गको 'चिसो मान्छे', युवराज नास्तिकको 'हिजाब', दिल पौडेलको 'पीरव्यथा', प्रकाश सिलवालको 'गीत',अनिमा पौडेललगायतका स्रष्टाहरूले सिर्जना वाचन गरेका थिए ।

    प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको अध्यक्षतामा सम्पन्न काव्य गोष्ठीमा प्रतिष्ठानकी सल्लाहकार सुशीला प्रधानाङ्गले नागार्जुनले नियमितता दिएको 'सुप्रभात काव्य गोष्ठी'को मुक्तकण्ठले तारिफ गरेकी थिइन् । गोष्ठीमा अमेरिकाबाट हालै नेपाल आएका स्रष्टा खिमानन्द आचार्यले प्रतिष्ठानलाई चार थान पुस्तक हस्तान्तरण गरेका थिए । अर्को काव्य गोष्ठी आगामी मंसिर १७ गते शनिवार हुने कुरा अवगत गराउँदै अध्यक्ष दिल पौडेलले काव्य गोष्ठीको बिट मारेका थिए ।

    प्रकाशित मिति :कार्तिक २४ २०७९ बिहिवार - १४:४१:०७ बजे
    प्रतिक्रिया

    माधव घिमिरे 'अटल'

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij