२०८२ माघ ८ गते बिहिवार
टेलिभिजन रियालिटी शो ‘बुगीबुगी’ विजेता कविता नेपालीको ट्रेडमिल नृत्य भाइरल भैरहेको छ। उनले ट्रेडमिलमा गरेको डान्स भिडिओ टिकटकमा भाइरल भैरहेको छ। नेपालीको उक्त भिडिओलाई टिकटकमा डेढ करोडभन्दा धेरैले हेरिसकेका छन्।
नेपालीको ट्रेडमिल डान्सले नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चा पाइरहेको छ। देश तथा विदेशका थुप्रै टिकटक प्रयोगकर्ताले उनको ट्रेडमिल डान्सलाई कमेडी भर्सनमा पछ्याइरहेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij