Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

निर्वाचन आयोगमा प्रचण्ड-माधवले लगाए यस्तो घुर्की, संसदमा कहिले हुन्छ पाखुरा सुर्कासुर्की ?

निर्वाचन आयोगमा प्रचण्ड-माधवले लगाए यस्तो घुर्की, संसदमा कहिले हुन्छ पाखुरा सुर्कासुर्की ?


  • 6.8K
    Shares

    निर्वाचन आयोगमा प्रचण्ड-माधवले लगाए यस्तो घुर्की, संसदमा कहिले हुन्छ पाखुरा सुर्कासुर्की ?
    images

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गर्दै गए सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठक बोलाउने दिन आउन सक्ने चेतावनी दिएका छन् ।

    काठमाडौ । निर्वाचन आयोग परिसरमा मंगलवार पत्रकारहरूसँग कुरा गर्दै प्रचण्ड–नेपाल समूहका नेताहरू लीलामणि पोखरेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधानले प्रतिनिधिसभा बैठक बोलाउनुपर्ने दिन आउन सक्ने बताए ।

    ‘संवैधानिक परिषद्को बैठक बोलाए त्यो गैरसंवैधानिक हुन्छ, यसअघिको सिफारिस पनि सुनुवाइ नभइ नियुक्त गर्न मिल्दैन,’ पत्रकारले सोधेको प्रश्नमा नेकपा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले भने ।
     
    प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीले बुधवारका लागि संवैधानिक परिषद्को बैठक बोलाएको र निर्वाचन आयोगमा आयुक्त नियुक्तिको तयारी गरेको भन्ने पत्रकारको प्रश्नमा प्रचण्ड–नेपाल समूहका नेताहरूले परिषद्को बैठक बोलाउन नमिल्ने बताएका हुन् । परिषद्को बैठक स्थगित भइसकेको छ ।

    ‘प्रधानमन्त्रीले यसरी एकलौटी गर्दै जाने हो भने सभामुखले बानेश्वरमा प्रतिनिधिसभाको बैठक बोलाउने दिन आउन सक्छ,’ नेता पाण्डेले भने, ‘सभामुखले प्रतिनिधिसधा बैठक बोलाउने त्यो दिन पनि आउन सक्छ ।’ 

    यसअघि गत शनिवार कैलालीको धनगढीमा आयोजित विरोध सभामा प्रचण्डले प्रतिनिधिसभा बैठक बोलाउने ताकत आफूहरूसँग रहेको जिकिर गरेका थिए । 

    प्रचण्ड–नेपाल समूहले मंगलवार पार्टी आधिकारिकताको दाबीसहित निर्वाचन आयोगमा पत्र बुझाएको छ । आयोगका पदाधिकारीसँगको भेटपछि सो समूहका वरिष्ठ नेता झलनाथ खनालले राजनीतिक दलको विवादको टुंगो नलागी निर्वाचन हुन नसक्ने बताए ।

    प्रकाशित मिति :माघ २० २०७७ मंगलवार - १३:०८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij