Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

नख्खु जेलमै पुगेर खानेपानी मन्त्रीले भेटे विप्लवका नेता

नख्खु जेलमै पुगेर खानेपानी मन्त्रीले भेटे विप्लवका नेता


  • 6.1K
    Shares

    नख्खु जेलमै पुगेर खानेपानी मन्त्रीले भेटे विप्लवका नेता
    images

    काठमाडौ । सरकारले विप्लव नेकपासँग वार्ताको प्रयास थालेको छ । खानेपानीमन्त्री मणि थापाले नख्खु जेल पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश ओली सुदर्शनलाई भेटेका छन् । मन्त्री थापा मंगलबार विहान नख्खु पुगेका थिए ।

    काभ्रेबाट पक्राउ परेका हेमन्तप्रकाश ओली नख्खु जेलमा छन् । संसद विघटन्पछि प्रधानमन्त्री केपी ओलीले पूर्वमाओवादीको समर्थन जुटाउने कोषिश गरेका छन् ।

    यही प्रयासमा पूर्वमाओवादी पृष्ठभूमिका नेता थापाले सुदर्शन भेटेका हुन् । समूहमाथि सरकारले २९ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो । वार्ताका लागि पहिले प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त समूहले राखेको छ ।

    त्यसपछि हिरासतमा रहेका नेता, कार्यकर्तालाई छाड्नुपर्ने र वार्ताका लागि औपचारिक पत्र पठाए छलफलमा बस्न तयार रहेको विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले सन्देश पठाएका छन् ।

    प्रकाशित मिति :माघ २० २०७७ मंगलवार - ११:५६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij