२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ हुने भएको छ । अधिवक्ता समीर हायूले दर्ता गराएको अवहेलना मुद्दामा सर्वोच्च अदालतले सुनुवाइ गर्न लागेको हो ।
रिटमा नेकपा अध्यक्ष दाहालले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरी सार्वजनिक रुपमा धम्कीपूर्ण अभिव्यक्ति दिएको दावी गरिएको छ ।
प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई दाहालले प्रभावित पार्न खोजेको, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता र संवैधानिक एवं कानुनी व्यवस्था प्रतिकूल भएको दावी रिटमा गरिएको छ ।
त्यस्तै अदालतको सामाजिक प्रतिष्ठालाई उचो बनाएर अदालतलाई सम्मान गर्ने, अदालतको आदेश फैसलालाई मान्ने र सामाजिक तहमा अदालतको औचित्यता कायम राख्ने प्रकारका काम गर्नु पर्नेमा दाहालले सो विपरीत गरेको र कानुनतः दण्डनीय रहेको जिकिर गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij