२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौ । नेकपा पार्टी विभाजन भएको र त्यसको आधिकारिक पक्ष आफू भएको दाबी गर्न अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको टोलीसहित अहिले निर्वाचन आयोग पुगेका छ।
बहुमत केन्द्रीय सदस्य आफूहरूसँग रहेको हुँदा पार्टीको नाम, झन्डा र सूर्य चुनाव चिह्न आफूले पाउनुपर्ने दाबी पेस गर्न प्रचण्ड-नेपाल नेकपाका नेताको टोली केही बेरअघि आयोगमा पुगेका हुन् । टोलीमा राजेन्द्र पाण्डे, वर्षमान पुन, घनश्याम भुसाललगायतका नेताहरु रहेका छन् ।
आधिकारिक दल रहेको दाबी पेस गर्न बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइने नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
सोमबार बसेको यो पक्षको केन्द्रीय कमिटी बैठकले निर्वाचन आयोगमा रितपूर्वक आधिकारिकताको दाबी गर्ने निर्णय गरेको थियो । सोहीअनुसार त्यससम्बन्धी जिम्मेवारी लिएका नेकपाका नेता आज (मंगलबार) बिहान निर्वाचन आयोग गएका हुन् ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिकता दाबी गरिने प्रचण्ड-नेपाल पक्षले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij