२०८२ फाल्गुण २६ गते मंगलवार
‘काउली बूढी’ उपनामले चिनिएकी सन्ध्या बूढा ‘द भ्वाइस अफ नेपालको’ चौथो सिरिजबाट बाहिरिएकी छिन्। भ्वाइस नेपालको दोस्रो सिरिजमा भाग लिएपछि सन्ध्याको चर्चा चुलिएको थियो।
दोस्रो सिरिजको अडिसन राउण्डमा ‘फूलको थुङगा’बोलको गीत गाएर दर्शकको मन जितेकी थिइन्। यो सिजनमा उनी टप २० बाट बाहिरिएकी थिइन।
उनै सन्ध्या शनिबार भएको भ्वाइस अफ नेपालको चौथो सिरिजको ब्याटल राउण्डबाट बाहिरिएकी हुन्। सन्ध्याले टिम प्रविशाको टिमबाट ‘नाच फिरिरि’बोलको गीत गाएकी थिइन्।
उनीसँगै प्रविशाकै टिमका मिङसोहाङ केरुङ लिम्बूले गीत गाएका थिए।
कोचको कुर्सीमा रहेका राजु लामा र राजेपायल राईले सन्ध्यालाई अघिल्लो राउण्डमा लैजान सुझाव दिएका थिए। प्रमोद खरेलले भने मिङसोहाङलाई अगाडि बढाउन सुझाव दिए। प्रविशाले दुबैले आफूले सोचेको भन्दा कमजोर प्रसतुती दिएको बताएकी थिईन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij