Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

‘द भ्वाइस’को नकआउट राउण्ड शुक्रबारदेखि सुरु हुँदै

‘द भ्वाइस’को नकआउट राउण्ड शुक्रबारदेखि सुरु हुँदै


  • 2.2K
    Shares

    ‘द भ्वाइस’को नकआउट राउण्ड शुक्रबारदेखि सुरु हुँदै
    images

    गायन रियालिटी शो ‘द भ्वाइस’को नेपाली संस्करणमा आगामी शुक्रबारदेखि नकआउट राउण्ड सुरु हुँदैछ । ब्याटल राउण्डबाट छानिएका र ‘स्टील’ भएर पुनः मौका पाएकासहित ३६ जनाले आगामी चरणमा प्रतिस्पर्धा गर्दैछन् ।

    नकआउट चरणमा एक कोचको टिममा रहेका नौमध्ये छानिएर तीन जना प्रतिस्पर्धी बाँकी हुनेछन् । यसरी चार कोचको टिमबाट छानिएका अन्तिम १२ जनाले लाइभ राउण्डमा गाउनेछन् । लाइभ राउण्डपछि दर्शकले भोट गर्न पाउनेछन् ।

    चौथो सिजनको कोचमा राजेशपायल राई, राजु लामा, प्रमोद खरेल र प्रविशा अधिकारी छन् । यसपटक पनि विदेशबाट समेत प्रतिस्पर्धी सहभागी छन् र प्रतिस्पर्धा कडा देखिएको छ ।

    ‘नकआउट चरण अझै रोचक हुने देखिएको छ’ हिमालय टीभीकी जनसम्पर्क तथा बजार अधिकृत लक्ष्मी मैनालीले भनिन् । उनका अनुसार नकआउट चरणका चारैवटा एपिसोड आगामी शुक्रबारदेखि प्रसारण हुनेछन् ।

    यसपटकको ब्याटल राउण्ड थप मनोरञ्जनात्मक देखियो । स्टेजमा राष्ट्रियता, संस्कृति र मनोरञ्जन ओतप्रोत हुने ढंगले प्रतिस्पर्धीले प्रस्तुति दिए । सन्ध्या बुढा अर्थात् काउली बूढीसहितका केही चर्चित अनुहार ब्याटलबाटै बाहिरिए भने आशालाग्दा नयाँ कलाकारले नकआउटमा प्रवेश पाएका छन् ।

    प्रकाशित मिति :कार्तिक २० २०७९ आइतवार - १२:३७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij