२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रमका लागि मन्त्रीले नै चन्दा माग्न थालेको प्रमाण खबर सेन्टरलाई प्राप्त भएको छ।
सिराहा सदरमुकाममा हुने स्व. हेमनारायण यादवको १७ औं स्मृति सभाका नाममा मन्त्रीको चन्दा आतंक फस्टाएको हो। उक्त कार्यक्रमका लागि कानुनमन्त्री लिलानाथ श्रेष्ठले सरकारी कार्यालयसँग चन्दा मागेका छन् । सो कार्यक्रम आजै सम्पन्न भएको छ। मन्त्रीले दशौ लाख उठाएर झ्वाम पारेको श्रोतको भनाई छ।
मन्त्री श्रेष्ठ नेकपाका सिराहा इन्चार्ज हुन् । उनकै हस्ताक्षरमा सरकारी कार्यालयमा आर्थिक सहयोग माग्दै पत्राचार गरिएको हो ।
स्व. हेमनारायण यादवको १७ औं स्मृति दिवसका लागि मन्त्री श्रेष्ठले वििभन्न कार्यालयमा पत्र मार्फत आर्थिक सहयोग माग गरेका छन् । कार्यालयहरुमा पठाइएको पत्रमा रकम उल्लेख नगरिएपनि मन्त्री श्रेष्ठले रु ५० हजारसम्म उपलब्ध गराउन दबाब दिएको एक कार्यालय प्रमुखले बताए । उनका अनुसार सबैले ५० हजार बुझाएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij