Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

एक दिन पनि चुनाव नसर्ने घोषणा गरेका प्रधानमन्त्रीले प्रचण्डलाई यसरी दिए कडा डोज 

एक दिन पनि चुनाव नसर्ने घोषणा गरेका प्रधानमन्त्रीले प्रचण्डलाई यसरी दिए कडा डोज 


  • 8.6K
    Shares

    एक दिन पनि चुनाव नसर्ने घोषणा गरेका प्रधानमन्त्रीले प्रचण्डलाई यसरी दिए कडा डोज 
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव एक दिन पनि पर नसर्ने बताएका छन् । उनले चुनावको तयारीमा निर्वाचन आयोग लागिसकेकाले धनुषामा वैशाख १७ गते नै चुनाव हुने दाबीसमेत गरे ।

    ‘धनुषाको यो क्षेत्रमा वैशाख १७ गते नै चुनाव हुन्छ,’ सोमबार ढल्केबरमा विद्युत्को सब–स्टेसन उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने,‘चुनावको तयारीमा लागिहाल्नुस । तोकिएकै समयमा चुनाव हुन्छ । एकदिन पनि पर सर्दैन ।’

    उनले आफूलाई मधेसविरोधी भनेर प्रचार गरिएकोमा पनि चित्त दुखाए । ‘केपी ओली मधेसीविरोधी हो भनेर कान–कानमा पुर्‍याएका होला । ती मधेसप्रेमी डोम, चमार र दुसाधको छोरालाई काँखमा राख्न सक्छ,’ प्रधानमन्त्री ओलीले भने,‘हेरु त कतिको मधेसीप्रेमी हो । केपी ओलीले नै मधेसमा बाटो, ढल र सिंचाइ बनाउँछ । तराईमा सिंचाइ गर्न पहाड छेडेर कोसी ल्याउँदैछौ ।’ उनले जनकपुर–ढल्केबर ६ लेन सडक बनेपछि युवाहरु हातै छोडेर मोटरसाइकल चलाउन खोजेको बताउँदै भने,‘तर म भन्छु मोटरसाइकल हातले समाएरै चलाउनुस् ।’

    प्रधानमन्त्री ओलीले राम्रा र नयाँ कामका लागि परम्परा तोड्नु नराम्रो नभएको पनि बताए । ‘पशुपतिमा १ सय ४१ किलोको सुनको जलहरी हालिदिने भनेपछि परम्परा बिग्रने भयो भनेर केही मिडियाले लेखे,’ उनले भने,‘चाँदीकै हाल्नुपर्थ्यो । सुनको हाल्नुहुन्न, परम्परा बिग्रिन्छ रे । म त्यस्तालाई सोध्न चाहन्छु, तपाईंको बुवा पण्डित तपाईँ किन पत्रकार हुनुभयो रु पण्डितै भएको भए पो परम्परा बाँच्थयो । मेरो बुवा प्रधानमन्त्री थिए र म प्रधानमन्त्री भएँ । नयाँ कामका लागि परम्परा भत्काउनुपर्छ ।’

    प्रधानमन्त्री ओलीले पार्टीभित्र उपद्रो गर्नेहरु अलग भएको पनि बताए । ‘टेलिभिजनमा गयो । उफ्रियो । सरकार र पार्टीलाई गाली गर्‍यो । त्यति नै हो उनीहरुको काम,’ ओलीले भने,‘दशा लागेको रहेछ । प्रधानमन्त्री खान हिँडेका थिए । एउटा भनाइ छ नि, चोक्टा खान गएकी बुढी झोलमा डुबिन् ।’

    प्रकाशित मिति :माघ १९ २०७७ सोमवार - १४:५५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij