Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

न्यायाधिशले यस्तो प्रश्न सोधे पछि बहस गरिरहेका महान्यायाधिवक्ता खरेलको किन बस्यो वाक्य ?

न्यायाधिशले यस्तो प्रश्न सोधे पछि बहस गरिरहेका महान्यायाधिवक्ता खरेलको किन बस्यो वाक्य ?


  • 25.2K
    Shares

    न्यायाधिशले यस्तो प्रश्न सोधे पछि बहस गरिरहेका महान्यायाधिवक्ता खरेलको किन बस्यो वाक्य ?
    images

    काठमाडौं । संवैधानिक इजलासमा केपी शर्मा ओली नेतृत्वको सरकार संविधानको धारा ७६ को उपधारा १ अनुसार एकै ठूलो दलको भएको दोहोर्‍याइरहेका महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्यायाधीश सपना प्रधान मल्लले प्रतिनिधिसभा विघटन गर्ने अधिकार कसरी प्राप्त भयो भनेर प्रश्न गरेकी छन् ।

    रिट निवेदकहरूले पनि वर्तमान सरकार संविधानको धारा ७६ को उपधारा १ अनुसारको भएको भन्ने उल्लेख गरेको भन्दै न्यायाधीश मल्लले त्यस्तो सरकारलाई संविधानको धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधिसभा विघटन गर्ने अधिकार कहाँबाट मिल्यो भनेकी हुन् ।

    सोमबार सरकारको तर्फबाट जवाफ दिन इजलाससामू सुनुवाइमा आएका खरेलले रिट निवेदक देवप्रसाद गुरुङले सरकार संविधानको धारा ७६ (१)अनुसारको सरकार भएको निवेदनमा लेखेका थिए । उनको तर्फबाट बहसमा सहभागी कानुन व्यवसायीले भने सरकार संविधानको धारा ७६ (२)बमोजिम दुई दलको भएको जिकिर गरेका थिए ।

    खरेलले लामो समय संविधानको धारा ७६ को १ अनुसारकै भएको भन्नेमा समय लगाएका थिए ।

    जवाफमा न्यायाधीश मल्लले भनिन्, "सरकार संविधानको धारा ७६ (१) बमोजिमको भन्नेमा विवाद छैन । विश्वासको मत लिएको सबै डकुमेन्ट पनि पेस भएको छ । निवेदनमा पनि त्यही लेखिएको छ । लिखित जवाफ हेर्दा पनि सरकारलाई संविधानको धारा ७६ को उपधारा ७ प्रयोग गर्ने अधिकार कहाँबाट प्राप्त भयो ? त्यो प्रष्ट पार्नुस् ।"

    "संविधानको धारा ७६ को ५ बमोजिमको प्रधानमन्त्री "वा" पनि भनिएको छ त्यो के हो रु यो अवस्थामा प्रयोग गर्न पाउने कि नपाउने ? यो प्रयोग गर्न पाउने हो भने त्यो अवस्था थियो कि थिएन ? त्यो अख्तियार छ कि छैन ? र, संसदमा परीक्षण हुनुपर्ने कि नपर्ने ?, न्यायाधीश मल्लका प्रश्न थिए ।

    महान्यायाधिवक्ताले सरकारको गठन २०७४ साल फागुनमा संविधानको धारा ७६ को २ अनुसार भएको र पछि एमाले र माओवादी एक भएर धारा ७६ को उपधारा १ अनुसारको भएकोमा विवाद नभएको बताए ।

    प्रकाशित मिति :माघ १९ २०७७ सोमवार - १४:०२:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij