Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

इजलासमा महान्यायाधिवक्ता खरेलले एमाले र माओवादी अस्तित्व देखाएर नेकपाको गरे बिरोध 

इजलासमा महान्यायाधिवक्ता खरेलले एमाले र माओवादी अस्तित्व देखाएर नेकपाको गरे बिरोध 


  • 4.8K
    Shares

    इजलासमा महान्यायाधिवक्ता खरेलले एमाले र माओवादी अस्तित्व देखाएर नेकपाको गरे बिरोध 
    images

    काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा जारी सुनुवाइको क्रममा सोमबारदेखि सरकारको तर्फबाट बहस शुरू भएको छ ।

    बहसमा भाग लिँदै महान्यायाधिवक्ता अग्नि खरेलले रिट निवेदकले आफ्नो निवेदनभन्दा बाहिर रहेर प्र‍श्‍न उठाएको जिकिर गरेका छन् ।

    त्यस्तै केपी ओली नेतृत्वको सरकार संविधानको धारा ७६ को उपधारा २ बमोजिम गठन भएको दाबी मान्‍ने हो भने संयुक्त सरकारमा कुन-कुन दल सहभागी छन् ? देखाउन विपक्षीलाई चुनौती दिएका छन् ।

    ‘विघटन बदर गरिपाउँ भन्ने रिट हाल्ने अनि राजपत्रमा आएको छैन भनेर प्रश्न उठाउनु उपयुक्त भएन श्रीमान । निवेदनभन्दा बाहिर गएर प्रश्नहरु उठाइएको छ श्रीमान । निवेदकले नै ७६ को १ को सरकार भन्नुभएको छ, खरेलले भने, ‘तर, बहस गर्दा त्यसविपरीत धारणाहरू आए । यदि ७६ को २ बमोजिमको सरकार हो भने ती २ दलहरू कुन हुन् ? निवेदकले ती दलको अस्तित्व देखाउन सक्नुपर्छ । यदि सरकार ७६ २ को सरकार हो भन्ने हो भने ती दलहरु छुट्टाछुट्टै अस्तित्वमा रहेको ठहर्छ श्रीमान ।’

    खरेलले भने, ‘राजपत्रबारे प्रष्ट पार्नुपर्ने देखियो श्रीमान् । राजपत्रमा २ कुरा हुन्छ । एउटा प्रकाशित भएपछि लागू हुन्छ । दोस्रो लागू गरेपछि प्रकाशित गरिन्छ । रमण श्रेष्ठजी महान्यायाधिवक्ता भएको बेलामा पनि धेरै राजपत्रहरु निर्णय कार्यान्वयनमा गएपछि मात्रै प्रकाशित भएका छन् ।’

    प्रकाशित मिति :माघ १९ २०७७ सोमवार - १३:०५:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij