Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

ओलीका मुख्यमन्त्रीको कठालो समात्ने भन्दै प्रचण्ड-माधव पक्षका सांसदले आगो बाल्दै गरे नाराबाजी 

ओलीका मुख्यमन्त्रीको कठालो समात्ने भन्दै प्रचण्ड-माधव पक्षका सांसदले आगो बाल्दै गरे नाराबाजी 


  • 7.4K
    Shares

    ओलीका मुख्यमन्त्रीको कठालो समात्ने भन्दै प्रचण्ड-माधव पक्षका सांसदले आगो बाल्दै गरे नाराबाजी 
    images

    काठमाडौं । वाग्मती प्रदेशसभाको बैठक बोलाउन माग गर्दै पुष्पकमल दाहाल-माधवकुमार नेपाल नेतृत्वको नेकपा पक्षका सांसदहरुले अहिले प्रदेशसभा सचिवालयमा नाराबाजी गरिरहेका छन् ।

    सरकार अल्पमतमा परिसकेकाले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव अगाडि बढाउन माग गर्दै उनीहरुले नाराबाजी गरेका हुन् ।

    सोमबार दिउँसो २ बजेका लागि बोलाइएको वाग्मती प्रदेशसभाको बैठक ‘विशेष कारण’ ले स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको अर्को बैठक आगामी फागुन ५ गते दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

    मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध आफ्नै दलको अर्को समूहले प्रदेशसभामा दर्ता गराएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने गरी बैठक बोलाइएको भए पनि आइतबार राति स्थगित भएको सूचना प्रदेशसभामा टाँसिएको थियो ।

    सरकार अल्पमतमा परेकाले अविश्वासको प्रस्ताव अघि बढाउनुपर्ने नेकपा दाहाल-नेपाल पक्षको संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्यले बताइन् । मुख्यमन्त्री पौडेल प्रधानमन्त्री केपी शर्मा ओली समूहका हुन् ।

    पुस १० गते प्रदेशसभामा दर्ता भएको मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव माघ ९ गतेको बैठकमा टेबुल गरिएको थियो । अविश्वास प्रस्तावका विषयमा मतविभाजनका लागि कार्यविधि निर्माण गर्न कार्यदल गठन गरिएको छ । उक्त कार्यदलले प्रतिवेदन नबुझाएका कारण बैठक स्थगित गरिएको सचिवालयले जनाएको छ ।

    प्रकाशित मिति :माघ १९ २०७७ सोमवार - १२:४५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij