Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीले रामकुमारी झाँक्रीलाई यसरी हानिन् वचनी बाँण

राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीले रामकुमारी झाँक्रीलाई यसरी हानिन् वचनी बाँण


  • 17.4K
    Shares

    राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीले रामकुमारी झाँक्रीलाई यसरी हानिन् वचनी बाँण
    images

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले नेकपा प्रचण्ड(माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्तिलाई लिएर दुस्ख व्यक्त गरेकी छन् ।

    फेसबुकमा मार्मिक स्टाटस लेख्दै उनले भनेकी छन्, ‘झाँक्रीलाई नेता मान्ने र सम्पर्कमा भएकाहरूले यो छोरीको प्रश्न सुनाइदिनू ।’ झाँक्रीले एउटा भाषणमा राष्ट्रपति भण्डारीलाई शीतलनिवासबाट निस्केर बालकोट जान चेतावनी दिएकी थिइन् । साथै उनले विधवा बनेपछि भण्डारीले सेतो सारी लगाएको विषयमा पनि टिप्पणी गरेकी थिइन् ।

    उषाकिरणले झाँक्रीलाई आफ्नो आमाको रातो सारी र आफूहरुको बाल्यकाल फिर्ता ल्याइदिन र आफूहरुले भोग गरेको चिज लैजान चुनौती दिएकी छन् । ‘तपाईं उहाँको सिन्दूर-पोते, रातो सारी, हाम्रो ड्याडी, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस् । अनि तपाईंलाई हामीसँग त्यस्तो के नाफा भएको छ जस्तो लाग्छ, लिएर जानुस् ।’ बुवाको मृत्युपछिको पीडा सहन आमाले गरेको संघर्षको झलक पनि उनले प्रस्तुत गरेकी छन् ।

    उषाकिरण लेख्छिन्, ‘तपाईं कम्युनिष्ट स्कुलिङको हो भने हो भने सांस्कृतिक आन्दोलन कति पेचिलो हुन्छ बुझ्नु पर्ने । मेरी आमा एउटा अकल्पनीय घटना सामना गर्दै हुनुहुन्थ्यो । तपाईं सेतो सारीको कुरा गर्नु हुन्छ, हाम्रो घरमा सेतो तन्ना, सेतो सोफा, सेतै भित्ता थिए । उहाँले बाबालाई मनपर्ने खाना र अचार बनाउन छोडनु भयो । उहाँका स-साना छोरीहरू हामीले प्रश्न उठाएनौं । तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो ?’

    प्रकाशित मिति :माघ १९ २०७७ सोमवार - १२:०७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij