Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

कांग्रेसका नेता हरिहर आचार्यको निधन

कांग्रेसका नेता हरिहर आचार्यको निधन


  • 8.4K
    Shares

    कांग्रेसका नेता हरिहर आचार्यको निधन
    images

    काठमाडौं । नेपाली कांग्रेस अर्घाखाँचीका नेता हरिहर आचार्यको निधन भएको छ । कोभिड–१९ बाट सङ्क्रमित भइ काठमडौँको शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत आचार्यको ७० वर्षको उमेरमा आइतवार निधन भएको हो ।

    कोरोना भाइरसबाट सङ्क्रमित आचार्य १९ दिनदेखि शिक्षण अस्पतालमा उपचाररत थिए । आचार्यको पछिल्लो पाँच दिन भेन्टिलेटरमा उपचार हुँदाहुँदै कोरोना परीक्षण नेगेटिभ आए पनि निमोनियाको थप उपचारका क्रममा आइतवार निधन भएको उनका कान्छा भाइ युवराज आचार्यले जानकारी दिए ।

    उनको आइतवार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा सशाङ्क कोइरालाले आचार्यको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

    यसैगरी विघटित प्रतिनिधिसभा सांसद एवं कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल, पूर्वसांसद डा. रामबहादुर बिसी, नेपाल मेडिकल एशोसिएशनका पूर्वअध्यक्ष डा. मुक्ति श्रेष्ठलगायत आचार्यप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए । आचार्य लामो समयदेखि कांग्रेसको राजनीतिमा थिए ।

    प्रकाशित मिति :माघ १९ २०७७ सोमवार - १०:५२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij