२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । प्रधानमन्त्री ओलीले देशभित्रका राजारजौटासँगको साँठगाँठमा प्रतिनिधिसभा विघटन गरेको आरोप नेकपाको प्रचण्ड(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका छन् ।
आइतबार आफूनिकट अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले देशभित्रका सामन्ती राजारजौटा र निरंकुशतावादीसँग साँठगाँठ गरेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका हुन् ।
उनले देश बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीको इशारामा ठूलो डिजाइन अन्तर्गत नेपाली जनतालाई अपमानित गर्ने रणनीतिका साथ जनताले हासिल गरेका राजनीतिक उपलब्धिमाथि प्रहार गरिएको पनि बताए ।
अध्यक्ष प्रचण्डले प्राप्त उपलब्धिको रक्षाको निम्ति पुनः जुर्मुराएर आन्दोलित हुनुपर्ने अवस्था आएको बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij