Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

यी त्यस्ती महिला न्यायाधिश, जसले एकैदिन २४३ मुद्दाको फैसला गरेर न्यायिक इतिहासमै राखिन् रेकर्ड 

यी त्यस्ती महिला न्यायाधिश, जसले एकैदिन २४३ मुद्दाको फैसला गरेर न्यायिक इतिहासमै राखिन् रेकर्ड 


  • 14.9K
    Shares

    यी त्यस्ती महिला न्यायाधिश, जसले एकैदिन २४३ मुद्दाको फैसला गरेर न्यायिक इतिहासमै राखिन् रेकर्ड 
    images

    काठमाण्डौ । नेपालको न्यायिक इतिहासमै एकैदिन २४३ थान मुद्दाको फैसला गरेर भक्तपुर जिल्ला अदालतकी न्यायाधीश कमला पौडेलले अहिलेसम्मको ‘रेकर्ड ब्रेक’ गरेकी छन् । माघ १६ गते शुक्रवार न्यायाधीश पौडेलको इजलासबाट यति ठूलो संख्यामा लगाउ भएका मुद्दा किनारा लागेका हुन् ।

    वादी भक्तिलिला झा प्रतिवादी सुनिलगोपाल झा भएको अंश चलन मुद्दा २०६३ देखि पुनरावेदन हुँदै सर्वोच्च अदालत र सर्वोच्चबाट पुनः जिल्ला अदालतमा फर्किएको थियो  । त्यसपछि पटक पटक निर्णय बदर,हक कमायम र जालजासी समेतका मुद्दा थपिदै जाँदा १४ वर्षमा २४३ वटा लगाउ मुद्दा भएका थिए ।

    नेपालको न्यायिक इतिहासमै यति धेरै मुद्दा एकैपटक फैसला भएको सम्भवतः पहिलो रहेको भक्तपुर जिल्लाका सूचना अधिकारी विमल पराजुलीले  बताए । उनका अनुसार मुद्दाहरु थपिदै जाँदा २४३ वटा दर्ता भएकोमा सबै मुद्दाहरु २ वर्ष नाघिसकेका थिए ।

    पराजुलीले भने, ‘यसअघि पटक-पटक अन्य श्रीमानहरुबाट हेरिदै आएकोमा यही माघ १६ गते कमला पौडेल श्रीमानको इजलासबाट ती सबै २४३ थान मुद्दाहरु एकैपटक फैसला भएका छन् । नेपालको न्यायिक इतिहासमै यति धेरै संख्यामा लगाउ भएका मुद्दाहरु फैसला एकैपटक फैसला भएको सायद पहिलो होला ।’

    के थियो मुद्दाको जालो ?

    भक्तिलिला झा र सुनिलगोपाल झाको अंश मुद्दा भक्तपुर जिल्ला अदालतमा २०६३ मा दर्ता भएको थियो । २०६५ साउन २२ मा अंश नपाउने गरी भक्तपुर जिल्ला अदालतबाट फैसला भयो ।

    सोही फैसाललाई तत्कालीन पुनरावेदन अदालत पाटनबाट २०६६ असोजमा सदर भएपछि सोउपर सर्वोच्च अदालतमा पुनः मुद्दा दर्ता भएको थियो । सर्वोच्च अदालतले २०७३ वैशाख १२ गते जिल्ला र पुनरावेदनको फैसला उल्टिने भनी पुनः इन्साफ गर्न मिसिल फिर्ता पठायो ।

    सर्वोच्चको आदेश बमोजिम २०७३ माघ १७ मा भक्तपुर जिल्ला अदालतमा फेरि सोही अंश मुद्दा दर्ता हुन आएको पराजुलीले बताए । त्यसपछि पटक-पटक त्यसै मुद्दासित सम्बन्धित भएर निर्णय बदर र हक कायम र जालसाजीका समेतका मुद्दाहरु थपिदै जाँदा जिल्ला अदालतमा २४३ थान लगाउ मुद्दा पुगेका थिए । जिल्लाले अंश नपाउने नै ठहर गरेको छ ।

    न्याय सेवा आयोगले जिल्ला न्यायाधीशहरू खुला प्रतिस्पर्धाबाट लिने प्रणाली थालेपछि पहिलो खुला प्रतिस्पर्धाबाट न्यायाधीशमा नाम निकालेकी पौडेलले यसअघि रामेछाप जिल्ला अदालतको पनि नेतृत्व गरिसकेकी छन् । उनको न्यायिक क्षमता देखिएरै धेरै मुद्दाको चाप हुने भक्तपुरमा लगिएको थियो ।

    प्रकाशित मिति :माघ १८ २०७७ आइतवार - १६:२८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij