Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटी बैठक सोमबार

प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटी बैठक सोमबार


  • 6.8K
    Shares

    प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटी बैठक सोमबार
    images

    काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । माइतीघर मण्डलामा जारी धर्ना आज अन्त्य गरेको सो समहूले सोमबारका लागी बैठक डाकेको हो ।

    बैठक भोली बिहान ११ बजे कार्की ब्यांक्वेटमा बस्ने केन्द्रीय सदस्य श्रीराम ढकालले जानकारी दिए । नेकपाको यो समूहले प्रतिनिधि सभा विघटनविरुद्ध गत पुस ५ गते देखि नै आन्दोलन गरिरहेको छ ।

    अहिलेसम्मको आन्दोलनको समीक्षा र भावी कार्यक्रमका विषयमा छलफल गर्न बैठका बोलाइएको ढकालले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमविरुद्ध संघर्षमा उत्रेको प्रचण्ड माधव समूहले माघ ९ गते काठमाडौंमा विशाल जनप्रदर्शन गरेको थियो ।

    अर्को जनप्रदर्शन माघ २८ गते काठमाडौंमै गर्ने बताएको सो समूहका शिर्ष नेताहरु पछिल्लो समय सडक आन्दोलनमै व्यस्त रहेका छन् ।

    प्रकाशित मिति :माघ १८ २०७७ आइतवार - १६:१९:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij