Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

संवैधानिक अंगको सिफारिसमा ढंग नपुगेको भन्दै सभामुखले गर्दिए फिर्ता, राष्ट्रपति र प्रधानमन्त्रीलाई चोट !

संवैधानिक अंगको सिफारिसमा ढंग नपुगेको भन्दै सभामुखले गर्दिए फिर्ता, राष्ट्रपति र प्रधानमन्त्रीलाई चोट !


  • 10.2K
    Shares

    संवैधानिक अंगको सिफारिसमा ढंग नपुगेको भन्दै सभामुखले गर्दिए फिर्ता, राष्ट्रपति र प्रधानमन्त्रीलाई चोट !
    images

    काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय सुनुवाइका लागि संवैधानिक परिषदले गरेका सिफारिसहरूलाई फिर्ता पठाइदिएका छन् ।

    परिषदले गत पुस ५ गते प्रतिनिधि सभा विघटनपछि अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक अंगहरुमा नियुक्ति सिफारिस गरेको भन्दै संसद सचिवालयमा पत्र पुगेको थियो ।

    त्यसअघि सरकारले संवैधानिक परिषदमा सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता सहभागी नभए पनि निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो। सोही अध्यादेशअनुसार बसेको परिषद् बैठकले विभिन्न पदमा सिफारिस गरेको थियो ।

    मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते नै प्रतिनिधि सभा विघटन गरेकी थिइन् । सभामुख सापकोटाले प्रतिनिधि सभा विघटन भएकाले सिफारिस सुनुवाइ गर्न नसक्ने भन्दै फिर्ता पठाइदिएका हुन् ।

    प्रकाशित मिति :माघ १८ २०७७ आइतवार - १६:०५:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij