Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

गोकुल बाँस्कोटा काण्डले संवैधानिक इजलासमा यसरी पायो प्रवेश, ओली बिरुद्ध एकाएक बन्यो माहोल  

गोकुल बाँस्कोटा काण्डले संवैधानिक इजलासमा यसरी पायो प्रवेश, ओली बिरुद्ध एकाएक बन्यो माहोल  


  • 9.0K
    Shares

    गोकुल बाँस्कोटा काण्डले संवैधानिक इजलासमा यसरी पायो प्रवेश, ओली बिरुद्ध एकाएक बन्यो माहोल  
    images

    काठमाडौँ । अधिवक्ता खडानन्द कँडेलले प्रधानमन्त्रीले सुशासनका लागि दुई तिहाइ बहुमत चाहियो भन्नु हाँस्यास्पद भएको बताएका छन्।

    प्रधानमन्त्रीले अदालतमा संसद विघटन गर्नुको लिखित कारणमा "सुशासन कायम गर्न दुई तिहाइ आवश्यक रहेको" उल्लेख गरेका थिए।

    अधिवक्ता कँडेलले प्रधानमन्त्रीको जवाफमाथि व्यंग्य गर्दै राजनारायण पाठक र गोकुल बाँस्कोटा हेरेर ओली सरकारको सुशासन स्पष्ट देखिएको उल्लेख गरे। उनले सुशासन कायम गर्न सरकारलाई संसदले कहाँ असहयोग गर्‍यो भनी प्रश्न समेत गरे।

    ओलीले पार्टीको समस्याका कारण संसदलाई निशाना बनाएको भन्दै उनले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार नै नभएको दलील प्रस्तुत गरे ।

    "राष्ट्रिय सभा हुँदाहुँदै विघटन पाउँछ कि पाउँदैन ? विशेषाधिकार कहाँ छ ? कुन धारामा लेखेको छरु  धारा ८५ को नकारात्मक व्याख्या गर्न पाइँदैन" उनले इजलासमा भने ।

    प्रधानमन्त्री ओलीले अहिलेको संविधानमा नभएको व्यवस्था प्रयोग गरेको उनको दाबी थियो।

    "विघटन कसलाई आवश्यक रु पार्टीमा समस्या भयो भन्दैमा विघटन गर्नेरु  पार्टीमा अनुशासन कायम गर्न नसकेमा विघटन गर्न मिल्छरु २०४७ सालको संविधान देखाएर मैले विघटन गर्न पाउछु भन्ने ?" उनले प्रश्न गरे।

    ओलीले राजनीतिक स्थिरता लागि प्रतिनिधिसभा विघटन गरेको बताएका थिए। अधिवक्ता कँडेलले "पार्टी दुई टुक्रा भएपछि स्थिरता आयो तर ?" भन्दै प्रश्न समेत गरे।

    उनले ओली बाहेक अरु कसैले समय अवधिभन्दा अघि नै निर्वाचन नचाहेको भन्दै देशको सुख र समृद्धिका लागि अदालतले प्रतिनिधिसधा विघटन बदर गर्नेपर्ने माग गरे।

    प्रकाशित मिति :माघ १८ २०७७ आइतवार - १४:३४:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij