२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीबाट विजयी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सामाजिक सुधार ऐनलाई चुनौती दिँदै तामझामसहित आफ्नो बिहेको प्रीति भोज गरेका छन् ।
संखुवासभा मूल घर काठमाडौं बस्दै आएकी २३ वर्षीया पूर्वमिस मंगोल तथा मोडल ज्याङ्मु शेपासँग ५० वर्षको उमेरमा ११ माघमा विवाह गरेका मुख्यमन्त्री शेरधन राईले शुक्रबार विराटनगरस्थित मनास्लु होटेलमा तामझामसहित प्रीतिभोज आयोजना गरेका थिए ।
प्रीतिभोजमा प्रदेश १ भरिका सिडिओ, प्रहरी, कार्यालय प्रमुखदेखि नेता, मन्त्री, सांसद, पत्रकार र शुभेच्छुकसहित करिब दुई हजारजना सहभागी थिए । मुख्यमन्त्री राईले कोरोना संक्रमणकालमा तामझामसहित बिहेभोजको आयोजना गर्नु सामाजिक सुरक्षा ऐनको खिल्ली उडाएको सर्वसाधारणहरूले बताएका छन् । मुख्यमन्त्रीको तमास बिरुद्द अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा उजुरी परेको श्रोतको भनाई छ।
कोरोना रोकथाममा सर्वसाधारण नागरिक र कर्मचारीबाट चन्दा संकलन गरेका मुख्यमन्त्री राईले शाही शैलीमा बिहे गरेर समाजिक संस्कारलाई झन् खर्चिलो र भड्किलो बनाउन प्रेरित गरेको सर्वसाधारण बताउँछन् ।
मुख्यमन्त्री राई आफैँ पनि सदाचारी आचरण पालना गर्नुपर्ने कम्युनिस्ट पार्टीका नेतासमेत भएकाले उनको भड्किलो बिहेले सांस्कृतिक आचरणमा प्रश्न थपिएको छ । सामाजिक सुधार ऐनअनुसार ५० जनाभन्दा बढी जन्ती लगेर भड्किलो खर्च गरेर बिहे गर्न प्रतिबन्ध लगाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij