Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

डन प्रवृतिको प्रधानमन्त्री भन्दै वकिलले बहस गरेपछि न्यायाधिशले वकिललाई यसरी पारे थचक्कै 

डन प्रवृतिको प्रधानमन्त्री भन्दै वकिलले बहस गरेपछि न्यायाधिशले वकिललाई यसरी पारे थचक्कै 


  • 7.4K
    Shares

    डन प्रवृतिको प्रधानमन्त्री भन्दै वकिलले बहस गरेपछि न्यायाधिशले वकिललाई यसरी पारे थचक्कै 
    images

    अधिवक्ता गोपालदत्त पाण्डेले प्रधानमन्त्रीले सनकको भरमा पार्टीको घर झगडालाई आधार बनाएर संसदको हत्या गर्न नपाइने बताएका छन् ।

    प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा संवैधानिक अदालतमा अधिवक्ता गोपालदत्त पाण्डेले बहसको सुरूवात गर्दै प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाउने बताएका हुन् ।

    पाण्डेले ओलीले प्रतिनिधिसभा विघटन गर्नुलाई "डन प्रवृतिजस्तो भएको" भनेपछि न्यायाधीश अनिल सिन्हाले उनलाई रोके। सिन्हाले पाण्डेलाई "त्यस्तो उदाहरण नदिनुस्" भन्दै रोकेका थिए।

    पाण्डेले विघटन सिफारिस बदर भएमा के हुन्छ भनेर चिन्ता नलिन बेन्चलाई आग्रह गरे। "प्रधानमन्त्री उहाँ नै रहनुहुन्छ। संसद अगाडि बढ्छ। संविधान जिवित रहन्छ," उनले भने।

    अविश्वास प्रस्ताव आउने नआउने कुरा न्यायालयको सरोकारको विषय नै नभएको उनको तर्क थियो। संविधानले प्रतिनिधिसभा विघटनको परिकल्पना नै नगरेको भन्दै उनले संविधानसभाबाट संविधान बनाउँदाको विधायिकीको मनसाय अदालतले बुझ्नु पर्ने राय पेश गरेका थिए ।

    उनले बहुमत हुँदाहुँदै ओलीलाई फेरि बहुमतको आवश्यक्ता किन पर्‍यो भन्दै पार्टीमा समस्या भए पार्टीभित्रै समाधान गर्नुपर्ने बताए ।

    प्रकाशित मिति :माघ १८ २०७७ आइतवार - १३:२०:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij