Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

वैकल्पिक तथा अस्थायी शिक्षक पदपूर्ति गर्ने कानुनी व्यवस्था गरिने

वैकल्पिक तथा अस्थायी शिक्षक पदपूर्ति गर्ने कानुनी व्यवस्था गरिने


  • 8.3K
    Shares

    वैकल्पिक तथा अस्थायी शिक्षक पदपूर्ति गर्ने कानुनी व्यवस्था गरिने

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगको वैकल्पिक तथा अस्थायी शिक्षक सूचीबाट अस्थायी शिक्षक पदपूर्ति गर्ने कानुनी व्यवस्था गर्ने भएको छ । 

    त्यसैगरी मन्त्रालयले दुर्गम स्थानका विद्यालयमा शिक्षकले निश्चित अवधि अनिवार्य सेवा गर्नेपर्ने कानुनी व्यवस्था गर्ने बताएको छ । मन्त्रालयले शिक्षक व्यवस्थापन र विकासका लागि उक्त योजनाहरू अघि सारेको हो ।

    मन्त्रालयले शिक्षक सरुवा तथा पदस्थापन योग्यता, क्षमता र औचित्यको आधारमा गर्न मापदण्ड तर्जुमा गरी कार्यान्वयनमा ल्याउने बताउँदै विद्यालयमा रहेको भूगोल, उपलब्ध सेवा, सुविधा र अवसरको आधारमा विद्यालयलाई सुगम र दुर्गम स्थानमा विद्यालयको रूपमा वर्गीकरण गर्ने बताएको छ ।

    download.jpg

    प्रकाशित मिति :आश्विन २४ २०७९ सोमवार - १४:१४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij