Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

२८ गते ओलीलाई पछार्ने भन्दै प्रचण्ड-माधव यसरी बसे ओली बिरुद्द शक्ति आर्जन गर्न सडक ध्यानमा 

२८ गते ओलीलाई पछार्ने भन्दै प्रचण्ड-माधव यसरी बसे ओली बिरुद्द शक्ति आर्जन गर्न सडक ध्यानमा 


  • 6.6K
    Shares

    २८ गते ओलीलाई पछार्ने भन्दै प्रचण्ड-माधव यसरी बसे ओली बिरुद्द शक्ति आर्जन गर्न सडक ध्यानमा 
    images

    काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा जारी धर्नामा आज (आइतबार) नेकपाका शीर्ष नेताहरु पनि सहभागी भएका छन् ।

    आइतबार नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगाएतका नेताहरु पनि धर्नामा बसेका छन् ।

    144562347_708510513146341_9152535128281964093_n.jpg

    पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै नयाँ निर्वाचनको मिति घोषणा गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूहले उक्त कदम संविधान विपरीत रहेको भन्दै सडक संघर्षमा उत्रिएको छ।

    प्रधानमन्त्री ओलीको असंवैधानिक कदम खारेजीको माग गर्दै प्रचण्ड–नेपाल समूहका संघीय एवं प्रदेश सांसद् तथा तत्कालीन संविधान सभाका सदस्य ४ दिनदेखि माइतीघरमा धर्नामा छन् ।

    144295678_3665516936874771_7182568205758555850_n.jpg

    अध्यक्षद्वय प्रचण्ड–नेपाल उपत्यका बाहिरको कार्यक्रममा ब्यस्त  भएका कारण यसअघि उक्त धर्नामा सहभागी भएका थिएनन् ।
    प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीको कदमविरुद्ध माघ २८ गते काठमाडौंमा ‘अहिलेसम्मकै ठूलो’ विरोध सभा गर्ने तयारी गरेको छ ।

    प्रकाशित मिति :माघ १८ २०७७ आइतवार - १२:४०:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij