२०८२ भाद्र २४ गते मंगलवार
‘प्रेमगीत ३’ले एक सातामा नेपालमा झण्डै ८ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । निर्माता एवं निर्देशक सन्तोष सेनले शुक्रवार पहिलो साताको कमाइ सार्वजनिक गरेका छन् ।
उनका अनुसार फिल्मले प्रदर्शनको पहिलो साता नेपालमा ७ करोड ९६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
फिल्मले नेपालमा प्रदर्शनको पहिलो दिन शुक्रवार २ करोड ५ लाख, शनिवार २ करोड २२ लाख, आइतवार ९५ लाख ५० हजार, सोमवार १ करोड १५ लाख, मंगलवार ६५ लाख, बुधवार ६१ लाख र बिहीवार ५३ लाख कमाइ कमाइ गरेको निर्माता एवं निर्देशक सेनले जनाएका छन् ।
नेपालमा नेपाली र हिन्दी संस्करणले उक्त कमाई गरेको हो । हिन्दी संस्करण भने नेपालमा सोमवारदेखि प्रदर्शनमा आएको हो । सेनका अनुसार भारतमा पहिलो साता फिल्मले ३ करोड ४४ लाख भारु कमाइ गरेको छ ।
ओभरसिज (नेपाल र भारतबाहेक) फिल्मको कमाई ६.२१ करोड भारु रहेको निर्माता सेनले जनाएका छन् ।फिल्मले विश्वभरबाट एक सातामा २३ करोड बढी नेपाली रुपैयाँ कमाई गरेको हो ।
‘प्रेमगीत ३’मा प्रदीप खड्का र क्रिष्टिना गुरुङको शीर्ष भूमिका छ । फिल्म आज (शुक्रवार)देखि दोस्रो सातामा प्रवेश गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij