Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

‘श्री ५ को सरकार’ भनेका मन्त्री थापाले मागे माफी

‘श्री ५ को सरकार’ भनेका मन्त्री थापाले मागे माफी


  • 5.9K
    Shares

    ‘श्री ५ को सरकार’ भनेका मन्त्री थापाले मागे माफी
    images

    काठमाडौं । खानेपानीमन्त्री मणि थापाले आफूले सम्बोधनका क्रममा भुलवश ‘श्री ५ को सरकार’ भनेकोमा माफी मागेका छन्। 

    उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् नेपाल सरकार भन्नु पर्नेमा अन्यथा भएको भन्दै माफी मागेका हुन् । 

    शनिबार नेपाल कम्युनिष्ट पार्टी ओली समूहको सुर्खेतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा मन्त्री थापाले ‘श्री ५ को सरकार’ भनेका थिए। 

    ‘कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवश अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरू जानकार नै हुनुहुन्छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आम नेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु ।’

    आफ्नो पूरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चागमनका पक्षमा आफ्नो साथ नहुने पनि उनले बताएका छन्। उनले भनेका छन्, ‘भुलवश ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।

    प्रकाशित मिति :माघ १८ २०७७ आइतवार - ११:५४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij