Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

असोज २८ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्दै इष्टर्न हाइड्रोपावर, कति कित्ताका लागि दिने आवेदन?

असोज २८ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्दै इष्टर्न हाइड्रोपावर, कति कित्ताका लागि दिने आवेदन?


  • 2.0K
    Shares

    असोज २८ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्दै इष्टर्न हाइड्रोपावर, कति कित्ताका लागि दिने आवेदन?

    इष्टर्न हाइड्रोपावरले असोज २८ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ। पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आइपिओ जारी गरेर बाँडफाँट पनि गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आइपिओ विक्री गर्न लागेको हो।

    कम्पनीले पहिलो चरणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि बाँडफाँट गरेर बाँकी रहेको ५० हजार ३१० कित्ता सेयरसमेत जोडेर ६ लाख ७० हजार ३१० कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो। 

    कुल कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात् ३३ हजार ५१५ कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने २ प्रतिशत अर्थात् १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ। 

    बाँकी ६ लाख २३ हजार ३८९ कित्ता सेयरका सार्वजनिक निष्कासनमा आउन लागेको हो। सर्वसाधारणले सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। 

    उक्त आइपिओ छिटोमा कात्तिक १ गतेसम्म विक्री खुला हुनेछ। सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि कात्तिक १४ गतेसम्म बिक्री खुला हुनेछ। 

    कम्पनीको आइपिओलाई केयर रेटिङ केयर एनपी बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको जनाउँछ।

    कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा मेरो सेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन्।

    प्रकाशित मिति :आश्विन १३ २०७९ बिहिवार - १०:१३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij