२०८२ भाद्र ३ गते मंगलवार
नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले तीन तहका कार्यसमितिलाई निर्धारित समयमा नै परिषद् गर्नका लागि सम्पूर्ण जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति तथा स्थानीय कार्यसमितिका नेतृत्वलाई अनुरोधात्मक निर्देशन दिएको छ ।
त्यसैगरी राष्ट्रिय समितिले सम्बन्धित नेतृत्वलाई परिषद् गराउने जिम्मेवारी प्रदान गरिएको जनाएको छ । तोकिएको समयमा आफ्नो जिम्मेवारी पूरा गरी केन्द्रमा जानकारी दिन राष्ट्रिय समितिले अनुरोध गरेको छ ।
राष्ट्रिय समितिका अनुसार प्रदेश १ मा शान्तिनाथ योगी, बालकृष्ण न्यौपाने र मौसम श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ भने प्रदेश नम्बर २ मधेस प्रदेशमा चन्डेश यादव, प्रदीप श्रेष्ठ र सुनिल कुमार यादवलाई तोकिएको छ ।
त्यसैगरी प्रदेश ३ अर्थात बाग्मती प्रदेशमा श्याम कुमार महर्जन, जमुना पुडासैनी र रामशरण फुयाँललाई जिम्मेवारी तोकिएको छ भने सरिता रेग्मी, प्रमे बहादुर खत्री र गंगा नेपाललाई प्रदेश नम्बर ४ अर्थात गण्डकी प्रदेशको जिम्मेवारी तोकिएको छ ।
प्रदेश ५ अर्थात लुम्बिनी प्रदेशमा रामप्रकाश कुमाई, ओमजंग रोकाय र गोविन्द घर्तीलाई तोकिएको छ भने प्रदेश नम्बर ६ अर्थात कर्णाली प्रदेशमा गंगाराम तिवारी, लक्षमण भट्ट र गणेश भट्टराईलाई जिम्मेपारी तोकिएको छ ।
प्रदेश ७ अर्थात सुदूरपश्चिम प्रदेशमा लक्ष्मी चौधरी, डम्बर ओली र हरिलाल ओझालाई जिम्मेवारी तोकिएको छ ।राष्ट्रिय समितिले जिल्लागत रूपमा पनि जिम्मेवारी तोकेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij