२०८२ माघ १२ गते सोमवार
दसैं नजिकिदै जाँदा सेयर बजारमा दिनहुँ कारोबार सुस्ताउँन थालेको छ। केही दिनयता दिनभरको कारोबार अवधिमा १ अर्बभन्दा कम कारोबार भइरहेको छ।
दसैं सुरु भएकाले पुँजी बजारमा लगानीकर्ताको उपस्थिति पातलिँदा कारोबारमा गिरावट आएको देखिएको छ।बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से ६.४१ अंकले बढ्दा परिसूचक १८३७.४६ बिन्दुमा आइपुगेको हो। यस्तै सेन्सेटिभ इन्डेक्स पनि १.४५ अंकले बढेको छ।
नेप्सेमा सामान्य सुधार देखिए पनि कारोबार भने सुस्ताउँदै गएको छ। आज २२१ कम्पनीको १३ लाख ७० हजार कित्ता सेयर किनबेच हुँदा ४८ करोड ५४ लाख बराबरको कारोबार भएको छ। यति कारोबार नेप्से परिसूचक ११०० देखि १३०० हुँदा हुने गरेको थियो। यस्तै मंगलबार पनि ६६ करोडको कारोबार भएको थियो।
आज कारोबारका आधारमा नेशनल माइक्रोफाइनान्स अग्र स्थानमा छ। कम्पनीको ४ करोड ७५ लाख बढीको किनबेच भएको हो। यस्तै नबिल बैंकको २ करोड बढीको किनबेच भएको छ।
मन्दाकिनी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्कीट लागेको छ। कम्पनीको सेयर मूल्य बढेसँगै लगानीकर्ताले ९.२० प्रतिशत नाफा कमाएका छन्। यस्तै अभियान लघुवित्तको सेयर मूल्य ८.१९ प्रतिशतले बढेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij