Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सांग्रिला डेभलपमेन्ट बैंकको १९ हजार ७१० कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने !

सांग्रिला डेभलपमेन्ट बैंकको १९ हजार ७१० कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने !


  • 2.7K
    Shares

    • images
    सांग्रिला डेभलपमेन्ट बैंकको १९ हजार ७१० कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने !
    images

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आज असोज १२ गते बुधबारबाट संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले १९ हजार ७ सय १० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

    बैंकका संस्थापक सेयरधनी नवराज बजगाईले आफ्नो स्वामित्वमा रहेको १९ हजार ७१० कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । उक्त संस्थापक सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले बुधबारबाट ३५ दिनभित्र बैंकको मुख्य कार्यालय बालुवाटार, काठमाडौमा खरिद गर्न चाहेको कित्ता खुलाई निवेदन पेश गर्नुपर्नेछ ।

    तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन १२ २०७९ बुधवार - १३:२५:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij