Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

फेरि घट्यो बैंकको संख्या: कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता, स्वाप रेसियो कति ?

फेरि घट्यो बैंकको संख्या: कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता, स्वाप रेसियो कति ?


  • 2.1K
    Shares

    • images
    फेरि घट्यो बैंकको संख्या: कुमारी र एनसीसी बैंकबीच मर्जर सम्झौता, स्वाप रेसियो कति ?
    images

    कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच मर्जर सम्झौता भएको छ । सोमवार एक कार्यक्रमबीच मर्जर सम्झौतामा हस्ताक्षर भएको छ ।

    मर्जरसम्बन्धी सम्झौतामा एनसीसीका तर्फबाट मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका तर्फबाट संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन्। सेयर स्वाप रेसियो भने १:१  ( एक बैंकको १ कित्ता शेयर बराबर अर्को बैंकको पनि १ कित्ता नै शेयर) हुने गरी गाभिने सहमति भएको हो ।

    दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ । बैकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड रुपैयाँ निक्षेप हुनेछ । कर्जा लगानी २ खर्ब ७४ अर्ब ५५ करोड पुग्ने छ। जगेडा कोषहरुमा भएको रकम लगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ बताइएको छ ।

    एनसीसी बैंकका कर्मचारीका लागि स्वेच्छिक अवकाश योजना समेत ल्याइने छ। अहिले एनसीसीमा १ हजार ६०० कर्मचारी छन् भने कुमारीमा १ हजार ९०० कर्मचारी छन् । मर्जरपछि बैंकको शाखा संख्या ३५५ पुग्ने बताइएको छ ।

    मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुने र कुमारीका रामचन्द्र खनाल बरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुने छन् । मर्जरपछि बैंकको नाम भने कुमारी बैंक नै हुने छ । 

    प्रकाशित मिति :आश्विन १० २०७९ सोमवार - १५:२०:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij