Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

विद्यालय कर्मचारीलाई अर्थमन्त्री शर्माले दिए यस्तो जवाफ

विद्यालय कर्मचारीलाई अर्थमन्त्री शर्माले दिए यस्तो जवाफ


  • 29.8K
    Shares

    विद्यालय कर्मचारीलाई अर्थमन्त्री शर्माले दिए यस्तो जवाफ

    अर्थ मन्त्रालयसँगको वार्ता निष्कर्षमा पुग्न नसकेको बेला परिषद्का पदाधिकारीहरूले अर्थमन्त्री शर्मासँग भेट गरेर माग सम्बोधनका लागि आग्रह गरेका थिए । जवाफमा मन्त्री शर्माले अहिले भइरहेको वार्ता र सम्वादबाट उठिरहेका कुरा सम्बोधन नहुन पनि सक्ने भन्दै मन्त्रालयले नयाँ उपाय सोचिरहेको बताए ।

    अर्थमन्त्री जनार्दन शर्माले आन्दोलनरत कर्मचारीलाईमा काममा फर्किन आग्रह गरेका छन् । उनीहरूले उठान गरेका मागहरू सम्बोधन हुने आश्वासन दिँदै काममा फर्किन आग्रह गरेका हुन् । नेपाल विद्यालय कर्मचारी परिषद्का पदाधिकारीसँगको भेटको क्रममा मन्त्री शर्माले भने, ‘तपाईहरूले उठान गरेका माग सम्बोधन हुन्छन् । हामी फरक ढंगबाट माग सम्बोधन गर्छौ । तपाईंहरू काममा फर्किनुहोस्।’

    परिषद्का महासचिव शान्तिनाथ योगीले तत्काल माग सम्बोधनका लागि स्किल निर्धारणसहितको सेवा सुविधा उपलब्ध गराउने कुुरा मन्त्री शर्माले उठाएको बताए । परिषद् पदाधिकारीहरूले त्यस्तो हो भने त्यो विषय लिखित रूपमा दिन अनुरोध गरेका थिए । जवाफमा मन्त्री शर्माले त्यसरी लिखित रूपमा दिन नमिल्ने बताएका थिए ।

    ‘पे कमिसनमा स्किल निर्धारणसहितको सेवा सुविधा पुनः उपलब्ध गराउने भन्ने कुरा गर्नुभयो । त्यो हो भने हामी आजै काममा फर्किन तयार छौं तर, त्यो लिखित रूपमा दिनुहोस् न भन्यौं । उहाँले लिखित रूपमा दिन मिल्दैन भन्नुभयो ।’ महासचिव योगीले भने ।

    दरबन्दी सिर्जना गर्दै दीर्घकालिन समाधान गर्नको लागि ऐन कानून नै संशोधन गरेर अघि बढ्नुपर्ने हुन्छ । तर, संघीय शिक्षा ऐन आउने क्रममा रहेकाले तत्काल स्किल निर्धारणसहितको सेवा सुविधा दिनेबारे मन्त्रालय तयार रहेको अर्थमन्त्री शर्माले बताएका हुन् ।

    कर्मचारीहरूले कार्यालय सहयोगीलाई निजामतिको कार्यालय सहयोगी र लेखापाललाई नासु सरह सेवा सुविधाको माग गर्दै आएका छन् । त्यसका लागि दरबन्दी नै सिर्जना गर्नुपर्ने उनीहरूको माग छ । अर्थमन्त्री शर्माले ऐन कानूनले गर्दा गर्दा तत्काल त्यो विषय सम्बोधन गर्न कठिन भएको भन्दै स्किल निर्धारणसहितको सेवा सुविधा दिने विषयमा मन्त्रालय तयार रहेको बताएका हुन् ।

    विभिन्न माग अघि सारेर विद्यालय कर्मचारीहरू गत भदौँ १ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । सरकारसँग वार्ता जारी रहेकाले हाल आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

    प्रकाशित मिति :आश्विन १० २०७९ सोमवार - १४:५१:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij