२०८२ भाद्र १८ गते बुधवार
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री गर्ने विक्रेतालाई कमिसन बढाएको छ । लामो समयदेखि पेट्रोलियम पदार्थ विक्रेताले पेट्रोलियम पदार्थ बिक्री गरी दिएबाफतको कमिसन बढाउन माग गर्दै आएको थिए । विक्रेताले पेट्रोलियम पदार्थमा कमिसन बढाउन माग गरे पनि निगम भने कमिसन बढाउन समहत भएको थिएन ।
विक्रेताले निगमले पेट्रोलियम पदार्थको कसिमन नबढाए आइतबारदेखि आन्दोलन गर्ने चेतावनी दिएपछि निगमले पेट्रोलियम पदार्थ विक्रेताको कमसिन बढाएको हो । यसअघि नेपाल पेट्रोलियम डिजर्स राष्ट्रिय एसोसियसनले गत १२ माघमा कमिसन नबढाए आइतबारदेखि आन्दोलनमा जाने भन्दै निगमलाई पत्र बुझाएको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij